Shittalpati
बाबा आमा (बालकविता)

मन बहादुर खत्री
इस्मा–२ हस्तिचौर, गुल्मी

बाबा आमा हाम्रा
घाम जुन झै राम्रा
हाम्लाई राम्रो नाना
दिन्छन् मिठो खाना

रात दिन भरी
विर्सी घाम झरी
दुःख सारा गर्छन्
हाम्रै लागि मर्छन्

इच्छा राख्छन् उनी
असल हामी हुनी
सबले मानुन् भन्छन्
खराब भए रुन्छन्

धन, ज्ञान दिन्छन्
जिम्मेवारी लिन्छन्
बराबर ठान्छन्
सन्तान प्यारा मान्छन्

आत्मा उनको रुन्छ
जब हेला हुुन्छ
श्राप लाग्छ नानी
पुज ईश्वर मानी

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०७७  १४:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update