Shittalpati
उपप्राध्यापक खनालको ‘मूूकदर्शक’ कथासंग्रह प्रकाशित

पाल्पा, त्रिभुवन बहुुमुखी क्याम्पस पाल्पाकी उपप्राध्यापक शारदा खनालको ‘मूूकदर्शक’ कथासंग्रह प्रकाशित भएको छ । यस अघि विश्वेश्वरप्रसाद कोइरालाको व्यक्ति, कृति र प्रवृत्ति समेटिएको समालोचनात्मक कृति प्रकाशित गरिसकेकी खनालको अहिले सञ्जीवनी अनुसन्धान केन्द्र तानसेनबाट ‘मूूकदर्शक’ कथासंग्रह प्रकाशित भएको हो । उक्त कथासंग्रहको पाल्पाका विशिष्ट साहित्यकार, प्राध्यापक तथा श्रष्टाहरुको उपस्थितीमा सार्वजनिक गरिएको छ ।
१२ वटा कथाहरु संग्रहीत कृतिका कथाहरु विभिन्न समयअन्तरालमा रचना गरिएका समकालिन सिर्जनाहरु हुुन् । अध्ययन र साहित्य सिर्जनामा सक्रिय खनालको कथासंग्रहमा विषवस्तुुगत सन्दर्भ वा वैचारिक पक्षहरु समकालीन समाजका मूल्य, मान्यता, आर्दशको स्थापना र रक्षाका निम्ति केन्द्रित रहेको पाइन्छ । समाजका परम्परावादी रुढीजन्य सोच–विचारलाई भत्काउने वा परिमार्जन गर्ने जुन प्रयत्न भइरहेको छ त्यहाँ आधुनिकताको प्रभाव अंकित भएको अनुुभूत कथासंग्रहमा रहेको समिक्षक डा. नेत्रप्रसाद न्यौपानेले पुस्तकमा उल्लेख गरेका छन् । यस संग्रहका प्रायः कथाहरु घटनाप्रधान र हाम्रै समाज भित्रका यथार्थमा आधारित रहेको उनले बताए ।
खनालका कथाहरु मूलतः सामाजिक पृष्ठभूमिमा आधारित रहेको र तिनमा व्यक्ति सोचका स्वार्थमय पुरातन प्रवृत्तिलाई खोतल्ने जमर्को गरिएको डा. शैलेन्दुप्रकाश नेपालले बताए । उनले पुस्तकमार्फत लेखक खनाललाई शुुभकामना दिदै स्रष्टाको समालोचकिय दृष्टिकोणको पर्याप्त उपयोग समेत कथामा गरिएको बताएका छन् । साहित्यकार अनुुपमा रेग्मीले वर्तमान समाजमा बदलिदै गएका व्यक्तिगत पारिवारिक र सामाजिक मर्यादा, स्वरुप र प्रवृत्ति कथासंग्रहका मुख्य विषय रहेको बताइन् । उनले पुस्तकमा लेखकलाई शुुभकामना दिदै नेपाली समाजमा बढ्दै गएको विसंगती र अनादर्शको चिरफार कथामार्फत खनालले गरेको बताएकी छन् । विगत २४ वर्षदेखि प्राध्यापन कार्यमा संलग्न रहेकी खनालले नेपाली समाजमा आएका परिवर्तन, सामाजिक मर्यादा, चालचलन, व्यवहार, सोचाई तथा दृष्टिकोण र तिनका कारण अन्य मानिसमा पर्ने प्रभावलाई नजिकबाट नियाल्दै जाने क्रममा कथाको जन्म हुुन पुुगेको बताईन् । मनमा अमिट छाप पार्न सफल भएका कतिपय घटनाका कारण कथासंग्रह प्रकाशन गर्न सफल भएको लेखक खनालको भनाई छ । उनले भनिन्,‘समाजका वास्तविक घटनाहरुले मनमा गहिरो छाप पारेपछि पहिलेदेखि नै कलम चलाउने गर्थे र मेरा थुपै्र लेख, रचना, कथाहरु पत्रपत्रिकाहरुमा प्रकाशन हुन थाले, त्यसैको फलस्वरुपम म पुस्तक निकाल्न सफल भएकी हुँ ।’

प्रकाशित मिति: आइतबार, माघ २२, २०७९  १०:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update