Shittalpati
तानसेनमा निकालियो भिमसेनको रथ यात्रा

पाल्पा,जिल्लाको सदरमुुकाम तानसेनमा विहीबार धार्मिक आस्थासँग जोडिएको भीमसेनको रथ यात्रा निकालिएको छ । नेवार समुदायले हरेक वर्ष माघ शुक्ल भीमा द्वादशीका दिन भिमसेनको रथ यात्रा निकाल्ने गर्दछन् ।

तानसेनको शितलपाटीस्थित भीमसेन मन्दिर परिसरबाट निकालिएको रथ यात्राले तानसेन नगर क्षेत्रका विभिन्न भागको परिक्रमा गरेको थियो । सो क्रममा भीमसेनको मूर्तिलाई खटमा राखेर नगर परिक्रमा गराइएको थियो । नेवार समुदायका मानिससहित अन्य समुदायका व्यक्तिहरुको समेत उल्लेख्य सहभागिता रहेको रथयात्रामा भजन मण्डलीले दाफा भजन गाएर नगर परिक्रमा गरेका थिए ।

नेवार समुदायले भीमसेनलाई कुल देउताका रुपमा पूजा गर्दै आएका छन् । रथयात्रा गर्दा धेरैजसो नेवार समुदायहरुले आ–आफ्नो घर–घरबाट भगवानलाई पूजा दिएका थिए । शित्तलपाटीमा रहेको भीमसेन मन्दिर विसं १८६४ मा स्थापना भएको थियो । माघ शुक्ल भीमा एकादशीको दिन तानसेनमा खासै केही गरिदैन । यस दिन राती शित्तलपाटी मन्दिर अगाडि धुनि जगाइन्छ, भजन गाइन्छ तथा उपस्थित भक्तजनहरुलाई प्रसादको रुपमा समयबजी बाँड्ने प्रचलन रहेको छ । माघ शुक्ल द्वादशीको दिन भने भीमा द्वादशी भनेर शित्तलपाटीको भीमसेनको रथयात्रा निकाल्ने परम्परा रहेको देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठान पाल्पाका अध्यक्ष मदन देउरालीले बताए । नेवार समुदायले शुभ साइतमा हातमा मुगदल लिएको भगवानको पित्तलको सानो प्रतिमूर्तिलाई तीनतिर खुल्ला पितलले मोडिएको छाना भएको रथमा राखि नगर परिक्रममा गराएका थिए ।

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update