Shittalpati
पाल्पाको ‘सन्तोष चलचित्र मन्दिर’ पुनः सञ्चालनमा

पाल्पा, पाल्पाको तानसेनमा तीन वर्षयता बन्द रहेको सन्तोष चलचित्र मन्दिर पुनः सञ्चालनमा आएको छ । कोरोना महामारीका कारण २०७६ चैतदेखि बन्द रहेको हल आजदेखि सञ्चालनमा आएको हो ।

हलको स्तरोन्नतिपछि पुनः सञ्चालनमा ल्याइएको छ । वि.सं. २०२४ सालदेखि सञ्चालनमा आएको हल कोरोनाका बेला बन्द भएको थियो । अहिले स्तरोन्नति गरेपछि सञ्चालन गरिएको सञ्चालक सर्जुमान लिगलले बताए । ‘कोरानाका कारण तीन वर्षदेखि चलाउन सकेनौं, हल बन्द भएपछि धेरैले बन्द नगर्न आग्रह गरेपछि अहिले फेरी सञ्चालन गरेका हौं’ सञ्चालक लिगलले भने ।

पहिलेको भन्दा केही फरक र सुविधाजन रुपमा हल सञ्चालनमा ल्याईको उनले बताए । हल सञ्चालनको पहिलो दिन यहाँ चलचित्र पठान लागेको छ । उक्त चलत्रिच हेर्न दर्शकहरुको उल्लेखीय सहभागीता रहेको छ । दैनिक तीन सो सञ्चालनमा आएको छ ।

 

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १५:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update