Shittalpati
ढिस्कोले पुरिएर तीन जना घाइते

पाल्पा । तानसेनमा माटोको ढिस्कोले पुरिएर तीन जना घाइते भएका छन् । तानसेन नगरपालिका १४ रिडीस्थित ऋषिकेश मन्दिर नजिकै रहेको कालीगण्डकी नदीमा पुजा गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर शुक्रबार तीन जना घाइते भएका हुन् ।

घाइते हुनेहरुमा कपिलवस्तु बाँणगंगा नगरपालिका–९, बस्ने वर्ष ७१ की गोमा आचार्य, कपिलवस्तु विजयपुर–४, बस्ने वर्ष ५६ वर्षकी केशरदेवी खत्री र रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका–१४ देवीनगर बस्ने वर्ष ४० की बिमला पौडेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरुको युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये आचार्यको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, माघ ११, २०७६  ०५:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update