Shittalpati
राहत वितरणमा हुने अनियमिता रोक्न काँग्रेसले अनुगन समिति बनाउने

गुल्मी, नेपाली कांग्रेस रेसुङ्गा नगर कार्य समितिले सबै वडाहरुमा स्वयंसेवक टोली तथा राहत वितरण एवं योजना अनुगमन समिति बनाउन नगरपालिका भित्रका सबै वडा कार्य समितिलाई आग्रह गरेको छ । वडा सभापतिको नेतृत्वमा सात सदस्यीय स्वंयसेवक टोली र छायाँ सरकार प्रमुख तथा वडा उप–सभापतिको नेतृत्वमा पाँच सदस्यीय राहत वितरण तथा योजना अनुगमन समिति गठन गर्न आग्रह गरेको नगर सभापति छवि पाण्डेले जानकारी दिए । कोरोना भाइरस (कोभिड १९)को महामारीलाई लक्षित गर्दै भइरहेको राहत वितरणमा अनियमितता हुन सक्ने भन्दै त्यसलाई रोक्न सबै वडाहरुमा समिति गठन गर्न आग्रह गरिएको सभापति पाण्डेले बताए । त्यस्तै उनले जनप्रतिनिधिहरुलाई राहत वितरण प्रक्रियामा सहयोग गर्न र वास्तविक विपन्न परिवार नछुटुन भन्ने उद्देश्यले यो समिति गठन गर्न आग्रह गरिएको बताए ।

प्रकाशित मिति: शनिबार, वैशाख ६, २०७७  १८:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update