Shittalpati
बाटो नै बन्द गरी आवतजावतमा रोक !

रमेश विश्वकर्मा
गुल्मी,  विश्वरभर फैलिरहेको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी राखेको लकडाउन उल्लंघन गर्दै जथभावी सवारी साधन र मानिहरु आवतजावत गर्न थालेपछि बाटो नै बन्द गरिएको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिका २ जुभुङ्गका शाखा बाटोहरु पूर्णरुपमा बन्द गरी आवतजावतमा रोक लगाइएको हो । गाउँपालिकाको वडा नं २ कलस्टर १ मा बसेको विशेष बैठकबाट छलफल गरी बाटो बन्द गरिएको वडा अध्यक्ष हरिहर गौतमले बताए ।

उनले लगडाउनको समयमा भटेचौर–हटिया मोटरबाटो,तम्घास रेसुङ्गा जुभुङ्ग मोटरबाटो प्रयोग गरी बिना पासका सवारी साधन र मानिसहरु आवतजावत गरिरहदा आफुहरुलाई समस्या भएको भन्दै स्थानीयको गुनासो गरेपछि बाटा नै बन्दा गर्न परेको बताए । कोरोनाको रोकथाम गर्न घरमै बस्नु पर्ने जानकारी हुँदा हुँदै अन्तर गाउँपालिकाबाट पैतल हिड्ने क्रम बढेको छ । यसलाई रोक्नको लागि वडा वासिले आफन्तलाई पनि नबोलाउन र अन्य ठाउँमा पनि नजान नेपाली काँग्रेसका वडा सचिव जहरसिं थापाले आग्रह गरेका छन् ।

गौडाकोट मजुवा सडकको प्रवेशद्वारमा युवा परिचालन गरिएको छ । स्थानीय युवाको नेतृत्वमा चेकपोस्ट चैत्र २७ देखी नै निर्माण भएको हो । पास विनाको सवारी तथा अन्य वडाका वासिन्दा अति आवश्यक काम बाहेक हिड्डुल गरे सोहि स्थानमा फर्काइने झिरबास फ्रेन्ड्स स्टार क्लबका अध्यक्ष प्रकाश थापाले बताए । समाजसेवी ज्ञानबहादुर खड्का, थमन बहादुर खड्का, सन्त बहादुर खड्का, प्रेम थापा, बरिष्ठ कलाकार श्री थापा लगायतले कोरोना भाइरस रोकथामका लागि घरमा बस्न गाउँबासीलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०७७  १४:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update