Shittalpati
गुल्मीका प्रजिअले गरे स्थानीय तहका अधिकृतसँग भिडियो संवाद

रमेश विश्वकर्मा
गुल्मी, कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेका प्रयास र आगामी दिनमा गर्नुपर्ने कामबारे प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृतहरुसँग एकीकृत भिडियो संवाद गरेका छन् । भिडियो संवादमा प्रजिअ  शर्माले जिल्लाका १२ वटै स्थानीयतहका प्रमुख प्रशासकिय अधिकृतहरुसँग कोरोना नियन्त्रणमा आगामी दिनमा गर्नुपर्ने कामबारे मार्गनिर्देश गरेका हुन् ।


संवादमा प्रमुख प्रशासकिय अधिकृतहरुले क्वारेन्टाइनमा खटाउने जनशक्तिको अभाव रहेको तथा योजनाहरुको कामका विषयमा जानकारी गराएका थिए । प्रजिअ शर्माले क्वारेन्टाइनमा रहेकालाई र्यापिड डायग्नोस्टिक टेष्ट गराएर मात्र छोड्न, क्वारेन्टाइनमा रहेकाहरुको खानामा राम्रो प्रबन्ध मिलाउन, निषेधाज्ञालाई चुस्त बनाउने, सवारी पास व्यवस्थित बनाउन स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृतहरुलाई निर्देशन दिएका छन् ।

उनले सामाजिक दुरीलाई कायम राख्ने, स्थानीय क्लब, टोल विकास संस्था, शिक्षकहरुबाट पनि सहयोग लिन आग्रह गरे । खाद्यान्न वितरण गर्दा निश्चित मापदण्ड बनाएर भिडभाड नगरी गर्ने, बजारमा खाद्यान्नको मौज्दात र सोको परिमाणको विवरण लिएर कम्तिमा ३ महिनालाई पुग्ने स्टक बनाउने विषयमा छलफल भएको प्रजिअ शर्माले बताए । बजारमा कृत्रिम अभाव हुन नदिने, नियमित बजार अनुगमन गर्ने,कालोबजारी भएको भए सुचना दिन समेत उनले आग्रह गरे । स्वास्थ्यकर्मीहरुलाई पर्याप्त पिपिइको व्यवस्थापन गर्ने, विदामा जान नदिने र कुनै पनि उपचारमा असहयोग गर्ने कर्मचारीलाई सचेत गराउने, विदेशबाट आएकाहरुको लगत संकलन गर्ने लगायतका विषयमा भिडियो संवाद भएको थियो । जिल्लामा भारत लगायत तेस्रो मुलुकबाट अहिलेसम्म १ हजार ७ सय नागरिक  प्रवेश गरेका छन् ।

 

 

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०७७  १३:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update