Shittalpati
कालीगण्डकी गाउँपालिकाका अध्यक्ष थापालाई पितृशोक

गुल्मी, जिल्लाको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष,नेपाली काँग्रेस गुल्मीका महासमिति सदस्य तथा जिल्ला सदस्त युवा नेता बेद बहादुर थापालाई पितृशोक परेको छ । थापाका ८४ वर्षका बुबा रनबहादुर थापाको शुक्रवार राती निधन भएको हो । उनको आफ्नै निवासमा मृत्यु भएको पारिवारीक स्रोतले जनाएको छ । कालीगण्डकी खड्गकोट निवासी स्व.थापा राजनैतिक, सामाजिक व्यक्तित्व समेत हुन । उनी तत्कालिन खड्गकोट गाविसको नेपाली काँग्रेसका सभापति भएका थिए । थापाले २०५९ देखि ०६४ सालसम्म नेपाली काँग्रेस गाउँ कार्य समितिको सभापति भएर नेतृत्व समालेका थिए । प्रजातन्त्र प्राप्ती पछि भएको स्थानीय निर्वाचनमा वडा ९ को वडा अध्यक्षमा समेत उनी निर्वाचित भएको पाइन्छ । थापाको निधनले सिंङ्गो गाउँ र नेपाली काँग्रेस शोकमा डुवेको छ । उनको शनिबार बैदिक परम्परा अनुसार पुर्तिघाटको कालीगण्डकी घाटमा अन्तिम दाहसंस्कार गरिएको छ । नेपाली काँग्रेस पाल्पाका सभापति तथा प्रदेश पाँचका सांसद वीरबहादुर राना,नेपाली काँग्रेस गुल्मी क्षेत्र नम्वर १ का क्षेत्रीय सभापति पारिश्वर ढकाल, सह–सचिव गोपाल पाण्डे लगायतले संयुक्त रुपमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।

थापाको निधनले गुल्मी कांग्रेसलाई भाव विह्वल बनाएको भन्दै नेपाली कांग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठले सामाजिक सञ्जाल मार्फत शोक व्यक्त गरेका छन् । लक डाउनका कारण आफु शोक व्यक्त गर्न परिवारसमक्ष पुग्न नसकेको बताउँदै स्वर्गीय थापाले पार्टीलाई पुर्याएको योगदान अतुलनीय रहेको उल्लेख गरे ।

प्रकाशित मिति: शनिबार, चैत २९, २०७६  १८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update