गाउँपालिका अध्यक्षको पहलमा व्रेन ट्युमर पीडितलाई प्रवासी युवाहरुको आर्थिक सहयोग

पाल्पा,असार २६/आर्थिक अभावमा उपचारमा समस्या भएर काठमाडौंको वीर अस्पताको ३४५ नम्वरको वेडवामा छटपटाई रहेका व्रेन ट्युमर पीडित हरी भूषाललाई बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालको पहलमा प्रवासी युवाहरुले आर्थिक सहयोग गरेका छन् । जिल्लाको बगनासकाली गाउँपालिका ८ घिउसीवासका ३५ वर्षका भूषालको उपचारका लागि अमेरिकामा रहेका नेपाली र गाउँपालिकाका अध्यक्ष सहितका व्यक्तिहरुले आर्थिक सहयोग गरेका हुन् । […]