प्रदेश न. १

९३ वर्षमा नागरिकता

भोजपुरको अरुण गाउँपालिकाका एक वृद्धले ९३ वर्षको उमेरमा नेपाली नागरिकता प्राप्त गरेका छन् । शारीरिक रुपमा समेत अशक्त रहेका स्थानीय लाटा सार्कीलाई जिल्ला प्रशासन कार्यालयले उनी रहेको स्थान अरुण गाउँपालिकाको प्याउली पुगेर नागरिकता वितरण गरेको हो । स्थानीय जनप्रतिनिधि तथा मानव अधिकारीकर्मीले नागरिकता दिलाउनका लागि पहल थालेका थिए । सांसद सुदन किराँतीको निर्देशन पश्चात् केही महिनाअघि नै सार्कीलाई नागरिकता वितरण गरेर राज्यबाट पाउने सेवा सुविधाका लागि पहल गर्ने तयारी गरिएको भए पनि लकडाउनले ढिलाई भएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिए ।

विस्तृत
कोरोना आशंका गरिएका दुई जनाको मृत्यु सोमवार, चैत्र १७, २०७६, ०३:२१:००