प्रेस सधैं प्रतिपक्ष हुनुपर्छ : राना

हाम्रा संवाददाता पाल्पा, असोज ७/प्रदेश पाँचका सांसद तथा नेपाली काँग्रेसका जिल्ला सभापति वीरबहादुर रानाले बहुमतको दम्भमा सरकारले प्रेस माथि अंकुश लगाएको बताए । उनले प्रेस स्वतन्त्रता माथि नै सरकारले अंकुश लगाएर प्रेसको धज्जी उडाएको आरोप लगाए । शनिबार नेपाल प्रेस युनियन पाल्पाको आठौं अधिवेशनलाई सम्बोधन गर्दै प्रदेश सांसद रानाले, पत्रकारहरुलाई समाज र मुलुकको समृद्धिका पक्षमा कलम चलाउन […]

जनप्रतिनिधि र कर्मचारीहरुलाई अभिमूखिकरण

पाल्पा (बगनासकाली), असोज ५/बगनासकाली गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुलाई अभिमूखीकरण तालिम दिइएको छ । कस्मीक वल्र्ड नेपाल प्रालिले सकारात्मक परिवर्तनका लागि प्रशंसनीय दृष्टिकोण विषयमा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई अभिमूखीकरण तालिम दिइएको हो । तालिममा स्थानीय सरकारको नेतृत्व कसरी गर्ने, नेतृत्वको भूमिका के रहने, कर्मचारी र सेवाग्राहीहरु बीचको सम्बन्ध कस्तो रहने भन्ने विषयमा तालिम दिइएको कस्मीक वल्र्ड नेपालका प्रशिक्षक […]

कृषकहरु हर्षित, २५ रुपैयाँ केजी शंखेकिरा किन्दै वडा कार्यालय

इमानसिं राना पाल्पा (रामपुर), असोज ५/रामपुर नगरपालिका ६ तिलकपुर मिलनचोकका किराना व्यवसायी घनश्याम खनाललाई यतिबेला शंखेकिराको तौल नाप्न र पैसा दिन भ्याई नभ्याई छ । उनी मात्रै होइन वडा ६ तालपोखराका खेमराज ढकाल, चारपाटेका ज्ञानुमाया कुमाल र बुल्टारका एकराज पंगेनीको पनि अवस्था उस्तै छ । एका बिहानै पसल खोल्दा वरपरका स्थानीयहरु शंखेकिरा विक्रीका लागि जम्मा गरेर ल्याएको […]

वामन द्वादशी : पितृ सम्झने दिन

मदन देउराली आज वामन द्वादशी । भगवान श्री विष्णुको पूजा आराधना गर्ने दिन । यस दिन भगवान श्री विष्णुले प्रशिद्ध दश अवतार मध्ये पाँचौ रुप वामन अवतार लिनु भएको थियो । वामन शब्दलाई संस्कृत शव्द मानिए तापनि यसकोे अर्थ हुन्छ छोटो कद, बाउन्ने, होचो मान्छे । त्रेतायुगमा शक्तिशाली दैत्यराज बलिले सारा संसार विजय गरिसकेपछि स्वर्गमा आक्रमण गरे । सो आक्रमणमा […]

कालीगण्डकी नदिमा महिलाको शव फेला

पाल्पा, असोज ४/कालीगण्डकी नदिमा एक महिलाको शव फेला परेको छ । तानसेन नगरपालिका १३ छेर्लुङ्ग नजिकैको कालीगण्डकी नदिको किनारमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । बुधबार नदिको किनारमा फालिएको अवस्थामा महिलाको शव फेला परेको हो । अन्दाजी ३२ वर्ष की महिलाको नाम ठेगाना भने खुल्न नसकेको प्रहरीले जनाएको छ । प्रहरीले महिलाको शवलाई जिल्ला अस्पतालको शव […]