Shittalpati
निर्धन उत्थान लघुवित्तको नाफा बढ्यो
निर्धन उत्थान लघुवित्तको नाफा बढ्यो नेपालको वित्तिय क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै आएको निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको नाफा बढेको छ । संस्थाको गत आवको दोस्रो त्रैमासिकको तुलनामा चालू आवको सोही अवधिमा खुद नाफा ८ दशमलव ६ गुणाले बढेको हो ।
कुसुम बहुउद्देयीय सहकारीले मनायो वार्षिक उत्सव
कुसुम बहुउद्देयीय सहकारीले मनायो वार्षिक उत्सव वित्तीय कारोबार गर्दै आएको कुसुम बहुउद्देयीय सहकारी संस्था लिमिटेड तानसेनले प्रथम वार्षिक उत्सव मनाएको छ । सहकारीले तानसेनमा बिहीबार एक औपचारिक कार्यक्रमको आयोजना गरी वार्षिक उत्सव मनाएको हो ।
एनआइबीएलले ल्यायो गज्जब ६ मुद्दती खाता
एनआइबीएलले ल्यायो गज्जब ६ मुद्दती खाता नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि ‘एनआइबीएल गज्जब ६ मुद्दती खाता’ योजना सञ्चालनमा ल्याएको छ । आफ्नो स्थापनाको ३६ औं वार्षिकोत्सवको अवसरमा बैंकले एनआइबीएल गज्जब ६ मुद्दती खाता सञ्चालनमा ल्याएको हो ।
आइपिओ जारी गर्दै राष्ट्र उत्थान लघुवित्त
आइपिओ जारी गर्दै राष्ट्र उत्थान लघुवित्त राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि साधारण शेयर विक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अड्ढित मूल्यमा आठ करोड ५० लाख रुपैयाँ मूल्य बराबरको आठ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को विक्री खुला गर्ने लागेको हो ।
विकास ऋणपत्र विक्री गर्दै नेपाल राष्ट्र बैंक
विकास ऋणपत्र विक्री गर्दै नेपाल राष्ट्र बैंक राष्ट्र बैंकले साढे ९ अर्बको विकास ऋणपत्र विक्री गर्ने भएको छ । चालु आर्थिक वर्षमा सरकारी लक्ष्यअनुसार आन्तरिक ऋण उठाउने क्रममा फेरि २ वर्षे विकास ऋणपत्र विक्री गर्न लागेको हो । ‘विकास ऋणपत्र २०७८’ (च) नाम दिइएको उक्त ऋणपत्र मंगलबार बोलकबोल हुनेछ र भोलिपल्ट बुधबार विक्री हुने राष्ट्र बैंकको सूचनामा...
जाल्पा सामुदायिक लघुवित्तको आइपिओ खुल्यो
जाल्पा सामुदायिक लघुवित्तको आइपिओ खुल्यो जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले शुक्रबारदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता एक सय अङ्कित मूल्यमा पाँच करोड २२ लाख मूल्य बराबरको पाँच लाख २२ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) को बिक्री खुला गरेको हो ।
सामाजिक सुरक्षा कोषद्वारा ६९ करोड दाबी भुक्तानी
सामाजिक सुरक्षा कोषद्वारा ६९ करोड दाबी भुक्तानी सामाजिक सुरक्षा कोषले हालसम्म योगदानकर्तालाई ६९ करोड दाबी भुक्तानी गरेको छ । कोषले वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत योगदानकर्तालाई ५६ करोड ५२ लाख ६१ हजार ४ सय १९ दाबी भुक्तानी गरेको हो ।
क्यासिनो कम्पनीको ८७ करोडभन्दा बढी बक्यौता
क्यासिनो कम्पनीको ८७ करोडभन्दा बढी बक्यौता सरकारले लामो समयसम्म क्यासिनोको रोयल्टी तथा नवीकरण बापतको बाँकी बक्यौता नतिर्ने सात क्यासिनो कम्पनीलाई बक्यौता बुझाउन सातदिने अल्टिमेटम दिएको छ ।
बैंकहरुको निक्षेप संकलन घट्यो
बैंकहरुको निक्षेप संकलन घट्यो पछिल्ला केही दिन यता बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप संकलन घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार निक्षेप संकलन.३ अर्बले घटेको हो ।
निस्दीमा विद्यालयका कर्मचारीको सेवा वृद्धि
निस्दीमा विद्यालयका कर्मचारीको सेवा वृद्धि पाल्पाको निस्दी गाउँपालिकाको दशौँ गाउँसभाले पालिका भित्रका विद्यालयमा बालविकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्तासहितको कर्मचारीको मासिक तलबमा वृद्धि गरेको छ ।
एचआइडिसिएललाई वित्तीय संस्थाको मान्यता
एचआइडिसिएललाई वित्तीय संस्थाको मान्यता नेपाल राष्ट्र बैंकले हाइड्राइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) लाई बैंक तथा वित्तीय संस्थाको मान्यता दिएको छ । केन्द्रीय बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका अनुसार यही माघ ३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले वित्तीय संस्थाको मान्यता दिएको हो ।
राष्ट्र बैंकले साढे १० करोड ब्याजमा लगानी गर्ने
राष्ट्र बैंकले साढे १० करोड ब्याजमा लगानी गर्ने नेपाल राष्ट्र बैंकले झण्डै साढे १० करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ । बैंकले आफ्नो विभिन्न कोषमा रहेको १० करोड ४८ लाख रुपैयाँ एक वर्षका लागि निक्षेपको रुपमा बैंक तथा वित्तीय संस्थाहरुमा राख्न चाहेको हो ।
Weather Update