वडा स्तरीय भलिबलको उपाधी तनहुँलाई

इमानसिं राना पाल्पा(रामपुर), जेठ २९/ जिल्लाको रामपुरमा भएको वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधी घिरिङ गाउँपालिका १ तनहुँले हात पारेको छ । कालिका युथ क्लव रामपुर ४ को प्रथम वार्षिक उत्सव तथा गंगादशहरा मेला २०७६ को अवसरमा भएको भलिबल खेल अन्तर्गत बुधबार भएको फाईनल खेलमा ज्याग्दी बजार युवा क्लव चापाकोट ८ दामाचौरलाई ३/१ सेटले पराजित गर्दै […]

स्वच्छ र सभ्य समाज निर्माण गर्न सचेतना

समाजलाई विकृत हुनबाट जोगाउन नसके ठूलो दुर्घटना   हाम्रा संवाददाता पाल्पा (रैनादेवी छहरा), चैत्र २६/पछिल्लो समयमा नेपाली समाज अत्यन्तै विकृति र विसंगति उन्मूखतर्फ बढेको देखिन्छ । चेतनाको अभाव र पश्चिमी संस्कृतिका कारण नेपाली समाज विकृति र विसंगतितर्फ उन्मूख देखिएको हो । विगतको सभ्य र सु–संस्कृत समाजलाई विकृत हुनबाट जोगाउन सकिएन भने नेपाली समाजमा ठूलो दुर्घटना हुन सक्ने […]

जनप्रतिनिधिद्वारा गुँगाका महिला कृषकलाई बाख्रा वितरण

रामचन्द्र रायमाझी पाल्पा, चैत २२/बगनासकाली गाउँपालिकाका जनप्रतिनिधिहरुले वडा ६ गुँगाका महिला किसानहरुलाई एक कार्यक्रमका बीच बाख्रा वितरण गरेका छन् । गुँरास नागरिक सचेतना केन्द्रको आयोजनामा गुँगाका महिला कृषकहरुलाई जनप्रतिनिधिहरुले  बाख्रा वितरण गरेका हुन् । गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्याल, वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता लक्ष्मीप्रसाद अधिकारी र वडा कार्यालयको आर्थिक सहयोगमा बाख्रा वितरण गरिएको हो । बिहीबार […]

‘छुवाछुतलाई आधार मानेर घुसपैठ’

पाल्पा, चैत २२/केदारेश्वर आश्रमका पिठाधीस डा.लेखनाथ आचार्यले जातीय छुवाछुतलाई आधार मानेर घुसपैठ भएको बताएका छन् । बिहीबार विश्व हिन्दु महासंघ पाल्पा शाखाद्वारा ‘वेद र सनातन धर्मको सार–छुवाछुत मुक्तको वर्णाश्रम व्यवस्थाको आधार’ विषयक अन्र्तक्रिया कार्यक्रममा प्रमुख अतिथि समेत रहेका डा.आचार्यले समाजको विकासका क्रममा वर्ण व्यवस्थामा जातीय छुवाछुतलाई आधार मानेर घुसपैढ भएको बताएका हुन् । उनले अब जातीय आधारमा […]

महोत्सवको तयारी अन्तिम चरणमा

पाल्पा, २१/चैत तानसेनको बासटारीमा हुन लागेको कृषि पर्यटन तथा साँस्कृतिक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । वंशगोपाल युवा क्लवको आयोजनामा आगामी २२ गतेदेखि बैशाख २ गतेसम्म सञ्चालन हुन लागेको मेलाको तयारी अन्तिम चरण्मा पुगेको हो । महोत्सव आयोजक समितिले बुधबार तानसेनमा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको तयारी अन्तिम चरणमा पुगेकोे जनाएको छ । कृषि, पर्यटन प्रर्वद्धन गर्न […]