मानवतस्करको फेरिँदो शैली

नेपालबाट विभिन्न बहानामा मानव बेचबिखन हुने गरेको घटनाहरु प्रशस्त पाइन्छन् । गरिबी, अज्ञानता र अशिक्षाका कारण नेपाली चेलीहरु सयौंको संख्यामा बेचिन पुग्ने गर्दछन् । मंगलबार जोगबनी नाका हुँदै घरेलु श्रममा लगाउन भारतको नयाँ दिल्ली लैजान खोजिएको १५ वर्षीय किशोरीलाई उद्धार गरेको छ । श्रम गर्ने उमेर नै नभई भारत लैजान खोज्दा विराटनगर भन्सार कार्यालयबाट प्रहरीले […]

सन्दर्भः विश्व एड्स दिवसको

मंगलबार अर्थात् डिसेम्बर १ तारिख २८ औं विश्व एड्स दिवस ‘दिगो विकास लक्ष्य प्राप्तिको लागि एड्स महामारीको अन्त्य’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइएको छ । एचआइभी र एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाको लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै सन् १९८८ देखि हरेक वर्षको डिसेम्बर १ तारिखमा विश्व एड्स दिवस मनाइने गरिएको […]

ओझेलमा परेको आर्थिक पाटो

मुलुकले नयाँ संविधान पाएको छ । केही संघर्ष समितिले संविधानमा आफ्नो हक अधिकार सुनिश्चित भएन भनेर आन्दोलन गरिरहेका छन् । तर संविधानमा आर्थिक सबलीकरणका पक्षमा भने कसैले आवाज उठाएको पाइएन । नयाँ संविधान बन्नु चर्चाको विषय बन्नु स्वाभाविक हो । तर, आर्थिक मुद्दाहरुलाई जुन रुपमा सम्बोधन गर्नुपर्ने हो, त्यो रुपमा गर्न सकेन । संविधान आर्थिक […]

दलको संख्यात्मक विकास

केही दिन अघि गुन्डा नाइके कुमार श्रेष्ठ घैँटे प्रहरीको इन्काउन्टरमा काठमाडौँको कपुरधारामा मारिएपछि यस घटनाले नेपालको राजनीतिलाई तरंगित ग¥यो । एमालेकै गृहमन्त्री भएको बेला एमालेकै नेताको खोल ओढेका गुन्डा नाइके दिनेश अधिकारी ‘चरी’ र कांग्रेसकै सभापति सुशील कोइराला प्रधानमन्त्री भएकै बेला कांग्रेसकै कार्यकर्ता घैँटे मारिनुको विषयमा राजनीतिमा तरंगित भयो । सधैँ सत्तारुढ दलको कठपुतली बन्दै […]

बाग्लुङ र रुकुम नटुक्राउन खनालको सुझाव

काठमाण्डौं : नेकपा एमाले बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले बाग्लुङ र रुकुम विभाजनको विरोधमा ती जिल्लामा आन्दोलन भइरहेका बेला खनालले विभाजन नगर्न सुझाव दिएका छन् । संघीय प्रदेशहरुको सीमांकन गर्दा बाग्लुङ र रुकुम टुक्राउनु पर्ने आवश्यकता नरहेको बताएका छन् । संविधानसभा बैठकमा संविधानको विधेयकमाथि छलफलमा भाग लिँदै खनालले भने– ‘बाग्लुङ र रुकुम विभाजन […]