विचौलीयाबाट जोगाउन बगनासका कृषकलाई ढुवानीमा अनुदान

रामचन्द्र रायमाझी पाल्पा, चैत्र ५/बगनासकाली गाउँपालिकाले व्यवसायिक कृषकहरुलाई विचौलीयाहरुबाट जोगाउन ढुवानी अनुदान दिएको छ । कृषकहरुले उत्पादन गरेको तरकारी सिधैँ कृषक आफैले बजारसम्म पु¥याई विचौलीयाहरुलाई निरुत्साहित गर्न कृषि शाखाले ढुवानी अनुदान दिएको हो । गाउँपालिकामा फागुन महिना भित्र दर्ता हुन आएका ११ वटा व्यवसायिक कृषक, कृषक समूह र कृषि फर्महरुलाई ४१ हजार ढुवानी अनुदान दिइएको कृषि शाखाले […]

तानसेनमा सञ्चालित अस्पताल व्यवस्थापकिय तालिम सकियो

पाल्पा, चैत्र ५/तानसेनमा सञ्चालित पाँच दिने अस्पताल व्यवस्थापकिय तालिम सकिएको छ । फागुन ३० गतेदेखि सञ्चालन भएको तालिम सोमबार सकिएको हो । नेपाल नेत्र ज्योति संघ र नेपाल नेत्र विज्ञान अध्ययन संस्थानको संयुक्त आयोजना र पाल्पा लायन्स लाकौल आँखा अस्पतालको व्यवस्पथापनमा तालिम भएको थियो । तालिमको एक कार्यक्रमकाबीच समापन गरिएको छ । तालिमको समापन गर्दै कार्यक्रमका प्रमुख अतिथि टिआईटीका […]

युवा संघले मनायो स्वः सुरेन्द्र पाण्डेयको स्मृति दिवस

पाल्पा, चैत्र ५/युवा संघ पाल्पाले स्वःसुरेन्द्र पाण्डेको पहिलो स्मृति दिवस मनाएको छ । संघले केन्द्रिय सदस्य पाण्डेको पहिलो वार्षिक स्मृति दिवस एक कार्यक्रमकाबीच तानसेनमा मनाएको हो । तानसेन नगरपालिका ९ निवासी पाण्डेको पेटको क्यान्सरका कारण २०७४ फागुन १० गते भारतको नयाँ दिल्ली स्थित एम्स अस्पतालमा निधन भएको थियो । उनी तानसेन नगरपालिका ९ का वडा सदस्य समेत थिए । […]

महिलालाई आर्थिक रुपमा सशक्त बनाउन तालिम

पाल्पा, चैत ५/महिलालाई आर्थिक रुपमा सशक्त बनाउन सिलाईकटाई र स्वीटर बुन्ने तालिम सञ्चालन गरिएको छ । रामपुर नगरपालिकाको आर्थिक सहयोगमा नगरका सबै वडामा रहेका महिलाहरुलाई सीपमूलक तालिमको माध्यमबाट आर्थिक रुपमा बलियो बनाउन कालीगण्डकी मल्टीटेपक्निकल इन्ष्ट्रिच्युटको आयोजनामा तालिम सञ्चालन गरिएको हो । तीन महिने सिलाईकटाई र १२ दिने स्वीटर बुन्ने तालिमको एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । तालिमको […]

अवैध रुपमा राखिएका हतियार बुझाउनु पर्ने

पाल्पा, चैत्र ५/अवैध रुपमा राखिएका हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । नेपाल सरकारले फागुन २८ गते गरेको निर्णयानुसार ३५ दिनभित्र अवैध रुपमा राखिएका हातहतियार बुझाउन स्थानीय जनतालाई प्रशासनले आग्रह गरेको हो । प्रशासनले हतियार बुझाउन गरेको आग्रहलाई अटेर गरी नबुझाएमा अवैध हातहतियार तथा खरखजना सम्बन्धी प्रचलित मुद्दा चलाउने जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ । […]