धर्मकाँटा नगराउँने चालकलाई ट्राफिकको सचेतना

सुशिल नेपाल पाल्पा : मालवाहक सवारी साधनले सामान ओसारपसार गर्दा तौल सहितको विवरण (धर्मकाँटा) गराउनुपर्ने भएता पनि पहाडि जिल्लामा मालवाहक सवारी साधनले धर्मकाँटा नगराई मालसामान ओसारपसार गर्ने गरेका छन् । पहाडी जिल्लामा यस्तो नियम त्यति लागु नभएतापनि तराईका जिल्लाहरुमा भने यो नियम कडाईका साथ लागु हुने गर्दछ । यस्तो मापन नगराई सवारी साधनमा क्षमताभन्दा बढी मालसामान ओसारपसार […]

कृषि प्रदर्शनीमा १८ जना उत्कृष्ट कृषकहरु पुरस्कृत

जनार्दन घिमिरे गुल्मी : जिल्ला कृषि विकास कार्यालय गुल्मीको आयोजनामा गुल्मीको रुरु गाविसस्थित रिडीमा आयोजना गरिएको कृषि मेला प्रदर्शनीमा ६ विधामा १८ जना कृषकहरु उत्कृट बनेका छन् । कृषकहरुले उत्पादन गरेका उत्कृष्ट कृषि उपजहरुको प्रत्यक्ष अवलोकन गरेर त्यसको बारेमा जानकारी लिने उद्देश्यले उक्त मेला आयोजना गरिएको जिल्ला कृषि विकास कार्यालय गुल्मीका वरिष्ठ कृषिविकास अधिकृत चेतनारायण पाण्डेले […]

मानव संशाधन विकास

खेतबहादुर खत्री नेपालको कूल जनसंख्याको २,६४,९४,५०७ करिव ५६ प्रतिशत जनसंख्या आर्थिक रुपले सकृय छन् । एकातिर हाम्रो प्रचलित शिक्षा प्रणाली अपेक्षित रुपमा सीपमूलक, व्यावसायिक, प्रतिस्पर्धी, अनुसन्धान प्रेरित हुन सकेको छैन । अर्कोतिर सानो संख्यामा मुलुकमा भएको दक्ष, व्यवसायिक जनशक्ति पनि विदेश पलायन हुने क्रम हरेक वर्ष बढिरहेको छ । भारतबाहेक अन्य मुलुकमा नेपाली कामदारहरु ३० लाखको सेरोफेरोमा रहेको […]

फोहोरी राजनीति होइन, राजनीतिका अभियान्तहरु हुन्

महेश्वरी कुँवर मानिस जन्मेपछि राजनीतिले उसको जीवनमा मृत्यु शैर्यामा नपुग्दासम्म प्रभाव पर्छ । कुनै न कुनै रुपमा सम्बन्ध गाँसिएको हुन्छ । मानव जीवनमा सम्पूर्ण क्रियाकलापहरु सामाजिक हुन्छ, आर्थिक, सांस्कृतिक, धार्मिक आदिको संचालनमा राजनीतिको महत्वपूर्ण भूमिका हुन्छ । मानव जीवनसंग सम्बन्धित सम्पूर्ण नीति निर्माण र कार्यान्वयन राजनीतिको विषय हो । राजनीतिलेनै मानवको जीवनलाई सुन्दर सहज बनाउछ । पहिले राजनीतिलाई नगर राज्यसंग […]

शाखालाई स्वीकृति प्रमाणपत्र हस्तान्तरण

सुशिल नेपाल पाल्पा : तानसेनको टक्सारटोलमा रहेको युवक बौद्ध मण्डल पाल्पा शाखाले केन्द्रीय कार्यालयबाट स्वीकृति प्रमाणपत्र पाएको छ । शाखाले सोमबार स्वीकृति प्रमाणपत्र पाएको हो । युवक बौद्ध मण्डल नेपाल केन्द्रीय कार्यालयका अध्यक्ष राजेश शाक्यको उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी पाल्पा शाखालाई स्वीकृति प्रमाणपत्र हस्तान्तरण गरीएको हो । स्वीकृति प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा युवक बौद्ध मण्डल पाल्पाका संस्थापक अध्यक्ष […]