प्रथम राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको उपाधी किसान माविलाई

पाल्पा, जेठ ३१/प्रथम राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको उपाधी किसान माविले हात पारेको छ । माथागढी गाउँपालिका ४ झडेवामा भएको प्रथम राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको उपाधी किसान माविले हात पारेको हो । विद्यालयले प्रतियोगितामा ६ वटा स्वर्ण, ४ वटा रजत र ३ कास्य गरी १३ पदक जिती उपाधी हात पारेको हो । प्रतियोगितामा शौभाग्य मावि चिदिपानीले १० पदक […]

सहमतिपछि त्रिबक्या प्रमुखको कार्यकक्षामा लगाइएको ताला खुल्यो

पाल्पा, जेठ ३१/त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा क्याम्पस प्रमुखको कार्यकक्षमा लगाइएको ताला सहमतिपछि खुलेको छ । सत्तारुढ दल नेकपाका विद्यार्थी संघगठन अखिल (क्रान्तिकारी) र अनेरास्ववियुले आंशिक शिक्षण सहायक (सहायक प्राध्यापक) नियुक्तिको विषयलाई लिएर जेठ १५ गते क्याम्पस प्रमुख जीवनबहादुर थापाको कार्यकक्षामा लगाएको ताला तीन बुँदे सहमतिपछि खुलेको हो । विहिबार दुई विद्यार्थी संगठन र क्याम्पस प्रशासन […]

पाल्पाको निस्दीमा विषादी च्याउ खाएर मृत्यु हुनेको संख्या तीन पुग्यो

पाल्पा, जेठ ३०/ जिल्लाको निस्दी गाउँपालिका–३,सार्कीडाँडामा गत शुक्रबार जंगली च्याउ खाएर बिरामी परेकामध्ये थप एकको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या तीन पुगेको छ । झिरुवास, सार्कीडाँडाकी १४ वर्षीया निरुतासिंह ठकुरीको उपचारको क्रममा बुधबार राति काठमाडौंमा मृत्यु भएको हो । च्याउ खाएर बिरामी परेकी उनलाई मध्यविन्दु अस्पताल नवपुर, चितवन हुँदै उपचारका लागि […]

शक्तिशाली सरकार इतिहासकै कमजोर

प्रकाश नेपाल prakashnepal014@gmail.com नेपालको इतिहासमै शक्तिशाली बलियो सरकारका रुपमा नै वर्तमान सरकारलाई नै लिने गरिन्छ । हुन पनि किन नहोस् वामपन्थीहरुको मात्र दुई तिहाइ बहुमत छ । तर विडम्बना यो सरकार इतिहास कै कमजोर सरकार बन्न पुग्यो । सरकारले गरेका निर्णयहरु नै विरोधावास बन्न पुगेका छन् । बलियो सरकारले गरेका निर्णयहरु सर्वमान्य हुनुपर्ने थियो । त्यसो हुन सकिरहेका छैनन् । फलस्वरुप […]

प्रचार–प्रसार हुन नसक्दा गुल्मीको पर्यटकीय क्षेत्र दारेढुङ्गा ओझेलमा

अनिल खत्री गुल्मी, जेठ ३१/कुनै पनि क्षेत्रको विकास र विस्तार गर्न प्रचार–प्रसार महत्वपूर्ण हुन्छ । प्रचार–प्रसार हुन नसकेकै कारण संभावनायुक्त क्षेत्रहरु ओझेलमा पर्ने गर्दछन् । यस्तै पर्यटकीय क्षेत्रको रुपमा संभावना बोकेको जिल्लाको रेसुङ्गा नगरपालिका १३ भँगारीमा रहेको दारेढुङ्गा यति बेला प्रचार–प्रसार हुन नसक्दा ओझेलमा परेको छ । कुनै बेला बनमाराले ढाकेको यस क्षेत्र निकै रमणीय र मनोमहक दृश्यले […]