उद्योग वाणिज्य संघद्वारा पाल्पाका दुई वरिष्ठ पत्रकार सहित उद्यमी र व्यवसायी सम्मानित

पाल्पा,असोज २९/ उद्यमशीलता पुरस्कारबाट जिल्लाका दुई जना वरिष्ठ पत्रकार सम्मानित भएका छन् । पाल्पा उद्योग वाणिज्य संघले आफ्नो ६४ औं वार्षिक साधारण सभा तथा १५ औं अधिवेशनको अवसरमा आज पत्रकारहरुलाई सम्मान गरेको हो । पत्रकारीताको माध्यमबाट जिल्लाको उद्योग, व्यवसायीको क्षेत्रमा महत्वपूर्ण योगदान प¥याएको भन्दै नवजनचेतना दैनिक,शितलपाटी डटकमका सम्पादक जगदीश भट्टराई, र नेपाल पत्रकार महासंघ पाल्पाका […]

दशैंपछि कार्यालय खुलेसँगै गुल्मीमा सेवाग्राहीको चाँप

गुल्मी, असोज २९/दशैंको बेला बन्द रहेका कार्यालयहरु खुलेसँगै कार्यालयहरुमा सेवाग्राहीको चाँप सुरु भएको छ । कार्यालयमा खुलेसँगै सोमबार र मंगलबार जिल्ला प्रशासन कार्यालय गुल्मीमा विभिन्न सेवा लिनेहरुको चाप बढेको हो । दशैं सकिएपछि र तिहार आउन बाँकी रहेको सयमा जिल्ला प्रशासन कार्यालयमा भिडभाड बढने गर्दछ । दशैंमा पाँच दिनसम्म मात्रै सरकारी कार्यालय बन्द रहेका थिए । दशैंको सप्तमीबाट बन्द […]

विश्व हात धुने दिवस मनाईयो

पाल्पा, असोज २९/जिल्लाको रिब्दीकोट गाउँपालिका र तिनाउ गाउँपालिकामा विश्व हात धुने दिवस मनाइएको छ । नेपाल रेडक्रस शोसाइटी जिल्ला शाखाद्वारा सञ्चालित समुदायमा आधारित स्वास्थ्य तथा प्राथमिक उपचार कार्यक्रम अन्तर्गत सफा हात सबैका लागि भन्ने मूल नारा सहित विश्व हात धुने दिवस मनाइएको हो । रिब्दीकोट गाउँपालिका ८ फेकमामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले नेपाल रेडक्रस शोसाइटीले […]

मेला हेर्न जानेहरुको रोजाई जेरी

गुल्मी, असोज २८/दशैंको बेला जिल्लामा हुने मेला हेर्न पुग्नेहरुको रोजाई जेरी बनेको छ । चाडो मौसम सुरु भएपछि मेला हेर्न जानेहरुले तातो–तातो जेरीको चुस्की लिदै सराय मेला अवलोकन गर्ने गरेको पाइन्छ । दशैंको अवसरमा चल्ने मेलाहरुमा अधिकांश स्थानहरुमा जेरी अवलोकन कर्ताहरुको मुख्य आकर्षणमा पर्ने गरेको छ । जिल्लाका विभिन्न स्थलहरुमा चल्ने मेलाहरुमा पुग्नेहरुले तातो जेरीको स्वाद लिने गर्दछन् । […]

सम्झौता कार्यान्वयन होस्

चिनियाँ राष्ट्रपति सी जिनपिङ्गले नेपालको दुई दिने ऐतिहासिक भ्रमण गरेका छन् । यो भ्रमण आफैमा ऐतिहासिक र महत्वपूर्ण रहेको छ । त्यसैले चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आउनु नै नेपालका लागि ठूलो सफलता हो । भ्रमणमा रहँदा नेपालको विकास र समृद्धिलाई लक्षित गरी महत्वपूर्ण सम्झौता र सहमतिहरू भएका छन् । नेपालमा हुँदै गरेको विकास र समृद्धिलाई लक्षित […]