मैत्री क्लव तानसेनको ३७ औं वार्षिकोत्सव

पाल्पा : मैत्री क्लव तानसेनले ३७ औं वार्षिकोत्सव एवं एसएलसी सम्मान कार्यक्रम गरेको छ । क्लवका अध्यक्ष संजिल शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तानसेन नगरपालिकाका कार्यकारिणी अधिकृत अनिल पौडेलले दीप प्रज्ज्वल गरी कार्यक्रमको शुभारम्भ गरेका थिए । क्लवका उपाध्यक्ष विशन्तर शाक्यले अतिथिहरुलाई स्वागत मन्तव्य, र कार्यक्रम संयोजक गृहपति शाक्यले कार्यक्रम बारे प्रकाश पारेका थिए । सहसचिव प्रियदर्शन […]

अनेरास्ववियू (छैठौँ) पाल्पाको १४ औँ जिल्ला सम्मेलन

पाल्पा : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (छैठौँ), पाल्पाको १४ औँ जिल्ला सम्मेलन तानसेनमा भएको छ । ‘शैक्षिक अधिकार प्राप्ति र राष्ट्रिय स्वाधिनताको पक्षमा १४ औं पाल्पा जिल्ला सम्मेलन’ भन्ने मूल नाराका साथ तानसेन नगरपालिकाको सभा हलमा सम्मेलन चलेको थियो । सम्मेलनमा प्रमुख अतिथि अखिल छैठौं केन्द्रिय सल्लाहकार दीपक पौडेल रहेका थिए भने अतिथिहरुमा केन्द्रिय सचिवालय […]

‘समृद्ध समाजका लागि जीवन उपयोगी शिक्षा’

कृष्ण पोखरेल पाल्पा, : जिल्ला शिक्षा कार्यालय पाल्पाले विभिन्न कार्यक्रम गरी ३७ औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाएको छ । तानसेन नगरपालिकाबाट शुरु भएको प्रभातफेरि लहरेपिपल, सिल्खान, मखनटोल, शित्तलपार्टी, असनटोल, नारायणस्थान, भीमसेनटोल हुँदै नगरपालिका हलमा पुगी सभामा परिणत भएको थियो । कार्यक्रममा पाल्पा क्षेत्र १ सांसद् राधाकृष्ण कंडेलले शिक्षा मानिसको लागि अनिवार्य विषयवस्तु भएकोले जिल्लामा […]

गुल्मीमा हराएका २ सय ११ जना मध्ये ९८ जना भेटिए

जनार्दन घिमिरे गुल्मी, भदौ जिल्ला प्रहरी कार्यालय गुल्मीमा गत दुई आर्थिक वर्षको अवधिमा २ सय ११ जना महिला तथा बालबालिकाहरु हराएको तथ्याड्ढ छ । आर्थिक वर्ष ०७१/७२ मा ९१ जना महिला १९ बालिका र ६ जना बालकहरु गरी कूल १ सय १६ जना रहेका छन् भने आर्थिक वर्ष ०७२/७३ मा महिला ७३ बालिका ९ र बालक […]

‘कता मोडिदै छन् तिजगीत चिन्ताको विषय’

सुशिल नेपाल पाल्पा, हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिज आउन २ दिन मात्र बाँकी छ । तिज नजिकिँदै जाँदा महिलाहरुले तिजविशेष कार्यक्रम गर्ने, नाँचगान गर्ने तथा दरखाने कार्यक्रमहरु गरिरहेका छन् । विभिन्न संघसंस्थाहरुले पनि तिजको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरेका छन् । तिज आउन महिना दिन अघिदेखि नै तिजविशेष कार्यक्रमहरु भइरहेका छन् भने ति कार्यक्रमहरुमा हजारौँ रुपैयाँ खर्च गरिएको […]