खानेपानीको सहज आपूर्तिका लागि आयोजना सञ्चालन गर्दैछौं :मन्त्री बिना

हाम्रा संवाददाता पाल्पा (माथागढी), फागुन २५/ खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले खानेपानीको सहज आपुर्तिका लागि नयाँ आयोजना सञ्चालन गर्ने तयारीमा सरकार रहेको बताएकी छन् । शनिबार जिल्लाको माथागढी गाउँपालिकाको सराईमा रहेको फूलबारी एक्लेवर खानेपानी आयोजनाको उद्घाटन गर्दै मन्त्री मगरले खानेपानीको समस्या रहेका हरेक बस्तीमा सहज रुपमा खानेपानी पु¥याउन नयाँ आयोजना सञ्चालन गर्न लागेको बताएकी […]

गुल्मीका तीन विद्यालयले जुटाए हिरक महोत्सवमा सात करोड बढी रकम

रमेश विश्वकर्मा गुल्मी, फागुन २५/जिल्लाको मुसिकोट नगरपालिकामा रहेका तीन छुट्टाछुट्टै विद्यालयहरुले हिरक महोत्सव मनाएका छन् । मुसिकोट नगरपालिका १ मा रहेको जनज्योति माध्यमिक विद्यालय, वडा २ मा रहेको नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालय र वडा ७ मा रहेको वामी स्थित महेन्द्र आदर्श माध्यमिक विद्यालयले हिरक महोत्सव सँगै महायज्ञ सञ्चालन गरेका हुन् । प्राविधिक शिक्षा सञ्चालनका […]

अन्तर्राष्ट्रिय महिला दिवस पाल्पामा पनि मनाइयो, विकासमा समान सहभागिता हुनु पर्नेमा जोड

रामचन्द्र रायमाझी पाल्पा, फागुन २४/‘लैङ्गिक समानताका लागि समान सोच र व्यवहार ः समृद्धिको आधार’ भन्ने नाराका साथ १०९ औं अन्तर्राष्ट्रिय महिला दिवस पाल्पामा पनि मनाइएको छ । दिवसका अवसरमा स्थानीय तह, राजनितिक दल, टोलविकास सस्ंथा, महिला संघ, महिला अधिकारकर्मी, गैरसरकारी संघसस्था लगायतले विविध कार्यक्रमहरु गरी दिवस मनाएका हुन । तानसेनमा तानसेन नगरपालिकाको आयोजनमा भएको कार्यक्रममा […]

तानसेनको भीमसेनटोल दुलहीझैँ सिँगारियो,आज सडक खाना महोत्सव हुँदै

रामचन्द्र रायमाझी पाल्पा, फागुन २४/तानसेनको भीमसेनटोलमा आज फरक प्रकृतिको माहोल हुँदैछ । बच्चाबच्ची बूढाबूढी, युवा युवती, सबैको लागि सडक खाना महोत्सव उत्सवमय बन्दैछ । तानसेन लगायत विविभन्न ठाउँहरुबाट सांस्कृतिक कार्यक्रमको अवलोकन गर्न र स्थानीय खाना परिकारको स्वाद लिनका लागि विभिन्न व्यक्तिहरुले समय मिलाएर आउँदै छन् । तानसेनको भीमसेन टोल फेरि एक पटक गुञ्जायमान हुँदैछ । […]

रामपुरमा रहेको रामतुलसी माविमा ८ कोठे पक्की भवनको शिलन्यास

इमान सिं राना पाल्पा (रामपुर), फागुन २३/ रामतुलसी माध्यमिक विद्यालय रामपुरमा निर्माण हुन लागेको आठ कोठे पक्की भवनको शिलन्यास गरिएको छ । नमुना विद्यालयका रुपमा छनौट भएको रामतुलसीमा विहिबार नयाँ भवनको शिलन्यास गरिएको हो । भवनको शिलन्यास गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले रामतुलसी रामपुर मात्रै नभई पूर्वी पाल्पाको मेरुदण्ड भएको बताए । उनले […]