वडा कार्यालयद्धारा अनाथ विद्यार्थीहरुलाई शैक्षिक सामग्री

इमान सिं राना पाल्पा(रामपुर),जेठ १०/रामपुर नगरपालिका वडा ७ भित्र रहेका ४ विद्यालयका ६५ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । अनाथ तथा असहाय विद्यार्थीलाई रामपुर नगरपालिका ७ ले सामग्री वितरण गरेको हो । वडा अन्तर्गत रहेका आधारभुत माध्यमिक विद्यालय, विजय प्राथमिक विद्यालय, संयुक्त प्राथमिक विद्यालय र अकला प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई एक कार्यक्रमका बीच सामाग्री […]

काँग्रेस क्षेत्र नम्वर १ पाल्पाको क्षेत्रिय भेला हुने

पाल्पा, जेठ ८/नेपाली काँग्रेस क्षेत्र नम्वर १ पाल्पाको क्षेत्रिय भेला हुने भएको छ । बुधबार बसेको काँग्रेसको क्षेत्रिय भेलाले यही जेठ १८ गते क्षेत्रिय भेला गर्ने निर्णय गरेको हो । काँग्रेसको राष्ट्रिय जागरण अभियान अन्तर्गत पार्टीको आगामी रणनितिका विषयमा व्यापक छलफल गरी संगठनलाई बलियो र मजबुद बनाएर लैजान भेला आयोजना गर्न लागिएको क्षेत्रिय सभापति सन्तोष […]

कम्युनिष्ट सरकारबाट लोकतान्त्रिक व्यवस्थाको खतरा : सांसद थापा

रामचन्द्र रायमाझी पाल्पा, जेठ ७/नेपाली काँग्रेसका नेता, संघीय सांसद तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले कम्युनिष्ट सरकारबाट लोकतान्त्रिक व्यवस्थाको खतरा रहेको बताएका छन् । मंगलबार नेपाल महिला संघ पाल्पाले तानसेनमा आयोजना गरेको राष्ट्रिय जागरण सभालाई सम्बोधन गर्दै सांसद थापाले संघीय लोकतान्त्रिक व्यवस्था माथि सबैभन्दा बढी खतरा वर्तमान कम्युनिष्ट सरकारबाट भएको बताएका हुन् । उनले संघीय […]

निरोगी बनाउन भन्दै तानसेनका वडा–वडामा योग अभ्यास

कृष्ण पोखरेल पाल्पा, जेठ ६/जीवनलाई सकरात्मक परिवर्तन गरी दैनिकी रुपमा भोग्नु परेका मानसिक तनाव, भय, त्रास, चिन्तालाई सदाका लागि अन्त गर्दै स्वच्छ, स्वस्थ, सुखी र सरल जीवन विताउने सबैको चाहाना हुन्छ । आधुनिक समाजले जीवनलाई अत्यन्त यान्त्रिक बनाएकाले मानव जीवन भौतिकवाद तर्फ अभिप्रेरित हुनुका साथै खानपिन, रहनसहनमा कृतिम विषादीले सम्पूर्ण प्राणी जगतमा नकारात्मक असर पारेको हामी […]

गुल्मीमा युवा संघका पूर्व जिल्ला सचिव सहितका युवा काँग्रेसमा प्रवेश

रमेश विश्वकर्मा गुल्मी, जेठ २/ युवा संघका पूर्व जिल्ला सचिव सहितका युवा नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । वर्तमान सरकारबाट असन्तुष्ट जनाउदै जिल्ला सचिव कपुर घिमिरे सहितका युवाहरु काँग्रेसमा प्रवेश गरेका हुन् । काँग्रेस प्रवेश गर्नेहरुमा संघका सदस्यहरु रमेश पन्थी,बद्री खनाल र भोजराज विक रहेका छन् । वर्तमान कम्युनिष्ट सरकारले भष्ट्रचार,अनियमितता,महङ्गी बढाएको र राष्ट्र नै […]