# Gulmi sasatra news #चक्लेट लिएर सशस्त्र प्रहरी विद्यार्थीमाझ ! IMG_2562

चक्लेट लिएर सशस्त्र प्रहरी विद्यार्थीमाझ !

गुल्मी, भदौ ११/ अचम्म लाग्न सक्छ प्रहरी चक्लेट लिएर विद्यार्थीको कक्षा कोठामा पुगे भन्दा । तर अचम्म मान्नु पर्दैन सशस्त्र प्रहरी बल गुल्म गुल्मीका प्रहरीहरुले विद्यार्थीहरु समक्ष जनचेतनामूलक कार्यक्रम लिएर जिल्लाका विद्यालयहरुमा पुगेका छन् । दिनहुँ जसो सशस्त्र प्रहरी वल गुल्म गुल्मीका गुल्म पति एवं डिएसपी दिनेश रायमाझी चक्लेट लिएर विद्यार्थीहरु समक्ष पुग्छन् ,कारण उनले […]

#Palpa Gaijatra news #palpa ko gaijartra #tansen ko gaijatra

पाल्पामा जात्राको लहर, दिवंगत आत्मालाई सम्झिएर मनाइयो गाईजात्रा

कृष्ण पोखरेल /रामचन्द्र रायमाझी पाल्पा, भदौ ११ / नेवार समुदाय भएका ठाउँहरुमा भाद्र शुक्ला प्रतिपादका दिन सोमबार देखि जात्राहरु सूरु भएका छन् । नेवार समुदायमा जात्रा मृत्यु संस्कारसँग सम्बन्धित भएकाले वर्षभरिमा दिवंगत भएकाको सम्मान तथा सम्झनामा गाईको प्रतिक बनाई नगर परिक्रम गराईन्छ । पाल्पामा पनि परम्परागत रुपमा मनाउँदै आएको गाईजात्रा पर्व सोमबार भव्य रुपमा मनाएको […]

निकालियो पाल्पाको तानसेनमा गाईजात्रा

पाल्पा, भदौ ११ / परम्परागत रुपमा मनाउँदै आएको गाईजात्रा पर्व आज पाल्पाको तानसेनमा निकालिएको छ । विहानै देखि तानसेनका विभिन्न स्थानहरुमा गाईको प्रतिक बनाई नगर परिक्रम गराईएको छ । आफ्नै संस्कृति र परम्परा अनुसार एक वर्ष अगाडि देखि मृत्यु भएका आफन्ताको सम्झनामा काठमाडौं उपत्यका लगायत देशभरका मूख्य मूख्य शहरहरुमा नेवार समुदायले आआफ्नो घरबाट गाई जात्रा(सापारु) […]

# PRESS UNION NEWS

प्रेस युनियन पाल्पाको आठौं अधिवेशन असोज ६ मा, उद्घघाटन गर्न गगन थापा आउने

पाल्पा, भदौ ९/ प्रजातन्त्रवादी पत्रकारहरुको साझा संस्था नेपाल प्रेस युनियन पाल्पा शाखाको आठौं जिल्ला अधिवेशन असोज ६ गते शनिबार तानसेनमा हुने भएको छ । युनियनको जिल्ला अधिवेशनको नेपाली काँग्रेसका केन्द्रीय सदस्य, प्रखर वक्ता युवा नेता गगनकुमार थापा प्रमुख अतिथिको रुपमा आउँने कार्यक्रम तय भएको युनियनले जनाएको छ । नेपाल प्रेस युनियन पाल्पा शाखाका सभापति भरत […]

#Janai-Purnima p[arba

भोलि जनैपूर्णिमा पर्व देशभर मनाइदै

पाल्पा, भदौ ९/ श्रावण शुक्ल पूर्णिमा अर्थात् रक्षाबन्धन एवम् जनैपूर्णिमा पर्व घरघरमा श्रद्धापूर्वक भोलि मनाइँदैछ । सत्ययुगमा दानवद्वारालखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा आज पनि प्रचलित छ । रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितहरूले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन प्रतिबध्नामी रक्षेमा चलमाचल’ […]