खोजी रिपोटिङ्ग : यसरी भेटिए अस्पतालको शैयाबाट चोरिएका नवजात शिशु

एनजेडीटीम पाल्पा,असार २८/ लुम्बिनी मेडिकल कलेज पाल्पाबाट शुक्रबार दिउँसो हराएको नवजात शिशु भेटिएको छ । अस्पतालमा जन्मिएको चार घण्टामै चोरिएको शिशु स्याङ्जाको र्मिमीमा भेटिएको हो । प्रहरीले बच्चा र चोरी गर्ने महिलालाई शनिवार विहान ८ बजे कोठाबाटै नियन्त्रणमा लिएको छ । बच्चा सकुशल रहेको छ । अस्पतालबाट शिशु चोरिएको जानकारी प्राप्त भएपछि नवजनचेतना दैनिक र […]

रानीमहल ईकोपार्क निर्माणको कार्य अन्तिम चरणमा

कृष्ण पोखरेल तानसेन, असार २६/प्रेमको प्रतिक रानीमहलमा घुम्न आउने पर्यटकहरुलाई लक्षित गरी ईकोपार्क निर्माण भइरहेको छ । रानीमहल क्षेत्रमा हरियाली बगैचा सहित विभिन्न किसिमका फूल सहित ईकोपार्क निर्माणको काम भइरहेको हो । डिभिजन वन कार्यालय पाल्पाले ईकोपार्क निर्माण कार्यलाई अन्तिम रुप दिएको छ । पार्कमा हरियाली बनाउन नर्सरीको काम बाहेक अन्य भौतिक निर्माणको सम्पूर्ण काम सकिएको डिभिजन वन […]

रामपुरमा घर आगनबाटै सवारी साधन चोरी, स्थानीय त्रसित

इमानसिं राना पाल्पा (रामपुर), असार २५/जिल्लाको रामपुरमा पछिल्लो समय तिव्र गतिमा शहरीकरण भैरहेको छ । चार जिल्लाको संगमको रुपमा रहेको रामपुरमा राष्ट्रिय गौरवका योजना सञ्चालन, तिव्र गतिमा घर तथा भवन निर्माण कार्य भईरहेको हो । रोजगारी, व्यापार, अध्ययन तथा भ्रमणको लागि देशका विभिन्न भागका मानिसहरुको उपस्थिति यहाँ रहको छ । पछिल्लो समय दुई पांग्रे सवारी तथा हलुका सवारीको […]

बगनासकालीमा पत्रकारसँग अन्तरक्रिया, सेवाप्रवाह प्रभावकारी बनाउनुपर्नेमा जोड

रामचन्द्र रायमाझी पाल्पा (बगनासकाली), असार२२/वडा स्तरमा हुने सेवा प्रवाह प्रभावकारी बनाउनुपर्नेमा जिल्लाका पत्रकारहरुले जोड दिएका छन् । बगनासकाली गाउँपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको स्वास्थ्य प्रवद्र्धनका लागि सञ्चारकर्मीसँग स्वास्थ्य सम्बन्धी अन्तक्र्रिया कार्यक्रमका सहभागी पत्रकारहरुले वडामा सञ्चालन हुने सेवाप्रवाहलाई प्रभावकारी र सशक्त बनाउनुपर्नेमा जोड दिएका हुन् । उनीहरुले गाउँपालिका योजना तथा कार्यक्रमहरु अत्यन्तै राम्रा र अनुकरणीय भए पनि केही […]

लोप हुन लागेका स्थानीय जातका कुखुरा प्रवद्र्धनमा माथागढी सरकार, २८ जना कृषकलाई पन्ध्र सय निःशुल्क चल्ला

रामचन्द्र रायमाझी पाल्पा, असार २२/ग्रामीण भेगमा निर्वाहका लागि पालिने स्थानीय जातका कुखुरा क्रमशः लोप हुँदै जान थालेका छन् । शहरीकरणको बढ्दो प्रभाव ग्रामीण भेगमा समेत पर्न थालेपछि कुखुराको स्थानीय जाति हराउँदै जान थालेका हुन् । लोकल कुखुराको माग बढ्दो रहे पनि उन्नत जातका कुखुराको उत्पादन बढेसँगै स्थानीय कुखुरा लोप हुन थालेपछि जिल्लाको माथागढी गाउँपालिका त्यसको संरक्षण र […]