के थियो मण्डेलामा जो नेपाली नेताहरुमा छैन?

नेल्सन मण्डेलाको निधनमा सारा विश्वले नै दुखमनाउ गर्यो। एउटा उच्च छवि बनाएका नेताको देहावसानले सबैको मन छुनु स्वाभाविक नै हो। एउटा क्रान्तिकारी, शान्तिकामी र क्षमाशील चिन्तन मात्र हैन, तदनुकूलको व्यवहार समेत प्रदर्शन गर्नसकेका कारण उनी विश्वका चर्चित नेतामध्ये एक हुन पुगे। कुनै विचारधारा अँगाल्नेहरु हुन्छन्, तर अँगालेको विचारधारा अनुसार जीवन र राष्ट्रलाई हिँडाउनसक्ने नेता भने […]

बोझ होइन बुढेसकाल

मंसिर १५, सन् १९८३ मा अमेरिकाको हवाई छँदा अन्तर्राष्ट्रिय फेस्टिभलमा जापानी फिल्म हेरेकी थिएँ– ‘ब्यालेड अफ नारायामा’। त्यस बेला हामी (श्रीमान्–श्रीमती) तन्नेरी नै थियौं। घरमा बूढो भएर थला परेका कोही थिएनन्। जापानी समाजमा ७० वर्ष कटेका नागरिकको पीडालाई फिल्मले यसरी प्रस्तुत गरेको थियो कि, फिल्म हेरिसक्दा निकै गम्भीर भइसकेकी थिएँ। बाबुआमालाई थोरै खानेकुरा दिएर मर्नका लागि जंगल […]

वैज्ञानिक दयानन्द बज्राचार्यको निधन

काठमाडौं, कार्तिक २५ – वैज्ञानिक प्रा. डा. दयानन्द बज्राचार्यको निधन भएको छ । उनको ६८ वर्षको उमेरमा सोमबार निधन भएको हो ।  स्वासप्रस्वासमा समस्या भएपछि उपचारका लागि चाबहिलस्थित ओम अस्पतालमा लैजाँदै गर्दा उनको निधन भएको हो । बि.सं. २००२ सालमा काठमाडौंमा जन्मेका वनस्पतिशास्त्री बज्राचार्य सन् १९९८ देखि ८ वर्ष नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानको उपकुलपति […]

लोकप्रिय गायक मन्ना डे रहेनन्

काठमाडौं, कात्तिक ७-हिन्दी सिनेमाको पारखी हुनुहुन्छ भने ‘पडोसन’को एक चतुर नार…, ‘आनन्द’को जिन्दगी कैसे है पहेली…, ‘वक्त’को ओ मेरी जोहरजवी, ‘जंजीर’को यारी है इमान मेराजस्ता लोकप्रिय गीत सुन्नुभएकै होला।    ती सुमधुर स्वरका धनी मन्ना डे ९४ वर्षको उमेरमा बिहीबार बिहानसम्म जीवितै थिए। हिन्दी सिनेमाको त्यो सुनौलो आवाजले बिहीबार बिहान बंगलौरको एउटा अस्पतालमा संसारबाट बिदा […]

राजेशको एल्बम राजेशद्वारा

काठमाडौ, आश्विन १८ – गायक राजेशपायल राई १७ औं एल्बम लिएर श्रोतामाझ आएका छन् । ‘दर्शन नमस्ते २’ राजधानीमा बिहीबार अभिनेता राजेश हमालले सार्वजनिक गरे । एभरेस्ट होटलमा आयोजित समारोहमा कलाकार, संगीतकार, गीतकारहरूको बाक्लो उपस्थिति थियो । उक्त एल्बममा एघार गीत छन् : ‘दर्शन नमस्ते सुपरहिट…’, ‘देउता भाकी…’, ‘असतो मा सद्गमय…,’ ‘ओके…,’ ‘एटम बम…,’ ‘आँखा […]