फोटो प्रतियोगिताको नतिजा सार्वजनिक

पाल्पा, भदौ ३/साउन २४ गतेदेखी २६ गतेसम्म सञ्चालन भएको फोटो प्रतियोगिताको नतिजा सार्वजनिक भएको छ । तानसेन नगरपालिकाको आयोजना र टुरिजम एक्सन कमिटी तानसेनको संयोजनमा भएको प्रतियोगिताको एक कार्यक्रममका बीच सोमबार नतिजा सार्वजनिक गरिएको हो । प्रतियोगितामा दोर्णाचार्य भुषालले मूलढोकामा खिचिएको भगवती जात्राको फोटो पहिलो भएको छ । यस्तै मुक्ति न्यौपाने दोस्रो, धिरज अस्लामी तेस्रो र आदर्श कंडेलको […]

कृषि क्षेत्रमा रैनादेवी छहरा सरकारको निर्णय कृषकलाई अनुदानै अनुदान

रामचन्द्र रायमाझी पाल्पा, साउन २६/जिल्लाको रैनादेवी छहरा गाउँ सरकारले कृषिलाई उत्पादनसँग जोडेर गाउँपालिकालाई आर्थिक समृद्धिको दिशामा डो¥याउने लक्ष्य अगाडि सारेको छ । आर्थिक वर्ष २०७६/०७७ को बजेटमा कृषिसँग सम्बधित कार्यक्रमका लागि करिब एक करोड ५० लाख बजेट विनियोजन गरी गाउँपालिकाले आर्थिक समृद्धिको योजनालाई अगाडि सारेको हो । कृषि क्षेत्रलाई व्यवसायिकरण, आधुनिकीकरण र यान्त्रिकरणमा जोड दिने सरकारको नीति […]

वर्तमान कर प्रणालीले निराश बनायो : व्यवसायी

हाम्रा संवाददाता पाल्पा, साउन २३/जिल्लाका मदिरा व्यवसायीहरुले वर्तमान कर प्रणालीले साना व्यवसायीहरुलाई निराश बनाएको बताएका छन् । मदिरा व्यवसाय संघको आयोजना र करदाता सेवा कार्यालय पाल्पाको समन्वयमा तानसेनमा भएको अन्तक्र्रिया कार्यक्रममा जिल्लाका मदिरा व्यवसायीहरुले वर्तमान कर प्रणालीले साना व्यवसायलाई उत्साही भन्दा पनि निराश बनाएको बताएका हुन् । बहुमत प्राप्त सरकारले यसै आर्थिक वर्षदेखि भेहिकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ […]

पहिचान र संस्कृति संरक्षणका कार्यक्रममा पत्रकारहरुको जोड

हाम्रा संवाददाता पाल्पा, साउन २१/पहिचान र संस्कति संरक्षण गर्ने खालका कार्यक्रम गर्नुपर्नेमा जिल्लाका पत्रकारहरुले जोड दिएका छन् । नेपाल आदिवासी जनजाति महासंघ पाल्पाले २५ औं विश्व आदिवासी दिवसको अवसरमा आयोजना गरेका साताव्यापी कार्यक्रमहरु अधिकांस रमाईलो र मनोरञ्जनमा मात्र कार्यक्रमहरु सिमित रहेकाले पहिचान र संस्कृति संरक्षण गर्ने खालका कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिएका हुन् । सोमबार नेपाल आदिवासी […]

बाँदरका कारण वस्ती छाड्दै किसान , विकल्पका रुपमा बेसार खेती

इमानसिं राना पाल्पा (रामपुर), साउन २०/रामपुर नगरपालिका ७ को माथिल्लो भागमा बाँदर आतंकले कृषकहरु वषौंदेखि पीडित बन्दै आएका छन् । जंगलसंगै पातलो बस्तीका कारण कृषकहरुले लगाएका अन्न, तरकारी तथा फलफूल राम्ररी स्यार्हान पाउँदैनन् । जेनतेन उब्जाउ गरेर घरमा राखेको अनाज समेत जोगाउन मुस्किल हुँदै आएको छ । बाँदरको हैरानी तथा परिवर्तित जीवन शैलीसंगै साविक रामपुर गाविस २ र […]