कृषिमा कुँवरको चमत्कार, मासिक दुई लाख आम्दानी सात जनालाई रोजगार

रमेश विश्वकर्मा गुल्मी, असोज १४/पछिल्लो समय धेरै युवाहरुको एक मात्र सपना रहेको छ, विदेश गएर पैसा कमाउने । छोरालाई विदेश पठाउनकै लागि घरपरिवार आफन्तले ऋण धन गर्न तयार छन् । स्वदेशमा लगानी गर्ने वातवरण र प्राप्त रोजगारी नभएको भन्दै हजारौं युवाहरु विदेश पलायन भइरहेका छन् । तर, मेहनत र लगनशीलताका साथ काम गर्ने हो भने स्वदेशमै पनि […]

कर्मचारी दरवन्दी अनुसार नहुँदा जिल्ला समन्वय समिति भूमिकाविहिन बन्दै

कृष्ण पोखरेल पाल्पा, भदौ २९/जिल्ला समन्वय समिति पाल्पामा हाल १३ जना कर्मचारीको दरवन्दी रहेको छ । प्रमुख उपप्रमुख सहित ७ जना सदस्य र ९ जनाको समन्वय समिति पनि रहेको छ । कर्मचारी र पदाधिकारीहरुले जिल्लामा रहेका विकास निर्माणका कामहरुको अनुगमन र समन्वय गर्ने बाहेक कुनै काम गर्न पाएका छैनन् । इन्जिनियर सव इन्जिनियर बाहेक ११ जना कर्मचारी दैनिक […]

सशस्त्र प्रहरीद्वारा विद्यार्थीलाई सचेतना

रमेश विश्वकर्मा गुल्मी, भदौ २८/सशस्त्र प्रहरी वल गुल्म गुल्मीले लागु औषध दुव्र्यसन तथा विपत व्यवस्थापन सम्बन्धी विद्यार्थीहरुलाई सचेतना जगाउने काम गरेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका ८ मा रहेको सिद्धबाबा माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई प्रहरीले सचेतना जगाउने कार्यक्रम सञ्चालन गरेको हो । ‘ज्ञानीसँग हाम्रा नानी’ कार्यक्रम अन्तर्गत प्रहरीले विद्यार्थीहरुसँग सचेतना कार्यक्रम गरेको सशस्त्र वल गुल्मले जनाएको छ । कार्यक्रममा […]

शिविरबाट ८० जना पत्रकारको परिचय पत्र, अनलाईन दर्ता र नविकरण

पाल्पा, भदौ २७/जिल्लाको तानसेनमा सञ्चालन भएको पत्रकार परिचय पत्र वितरण घुम्ती शिविरमा ८० जना पत्रकारहरुले पत्रकार परिचय पत्र लिएका छन् । २ दिनसम्म चलेको शिविरमा ४२ जना पत्रकारले नयाँ परिचय पत्र बनाएका हुने, भने ३७ जना पत्रकारहरुले नविकरण गरेका छन् । शिविरमा १ जना व्यवस्थापक परिचयपत्र, २ वटा अनलाईन नविकरण र १ वटा नयाँ अनलाईन दर्ता भएका […]

शिविरको पहिलो दिन ३३ जना पत्रकारले बनाए परिचय पत्र, समय र आर्थिक बचत भएको भन्दै पत्रकारद्वारा विभागलाई धन्यवाद

कृष्ण पोखरेल पाल्पा, भदौ २६/जिल्लाको तानसेनमा शुरु भएको पत्रकार परिचय पत्र वितरण घुम्ती शिविरको पहिलो दिन ३३ जना पत्रकारहरुले पत्रकार परिचय पत्र लिएका छन् । नेपाल पत्रकार महासंघ पाल्पाको भवनमा भएको पत्रकार परिचय पत्र वितरणको पहिलो दिन नयाँ पत्रकार परिचय पत्र १३ जना, १९ जना पत्रकारहरुले नविकरण र १ जना व्यवस्थापक गरी ३३ वटा पत्रकार परिचयपत्र […]