चोक–चोकमा तिज गीत

गुल्मी,भदौ १७/हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको दोस्रो दिन चोक चोकमा तिज गीत प्रतियोगिताहरु भए । सोमबार तिज पर्वको अवसरमा विभिन्न स्थानका चोक चोकहरुमा महिला दिदि बहिनीहरु जमघट भई तिज मनाएका हुन् । तिज पर्वको अबसरमा पाल्पा र गुल्मीका विभिन्न स्थानमा तिज विशेष मेला तथा प्रतियोगिता समेत भएका छन् । तिजको अवसरमा गीतका माध्यमबाट महिलाहरुले […]

गाउँपालिका उपाध्यक्ष थापाको तीजगीत ‘सिमसिमे पानीमा’

पाल्पा, साउन २२/पश्चिम संस्कृतिको प्रभाव र उत्तर आधुनिकतावादले तीज पर्व निकै भड्किलो बनिरहेका बेला रैनादेवी छहरा गाउँपालिका उपाध्यक्ष चेतना थापाले तीज गीत ‘सिमसिमे पानीमा’ ल्याएकी छन् । तीजमा गाइने गीतको कथावस्तु, मौलिकता र गायनशैलीमा सुधार गर्दै उनले यो तीजगीत ल्याएकी हुन् । लोकसंस्कार, साँस्कृतिक पद्दति र मौलिकतालाई आत्मसाथ गर्दै तीजगीत सार्वजनिक गरिएको छ । राजनीति, सामाजिक सेवा र […]

गुल्मेली चेली अनुको तीज गीत ‘जमाना फेरियो साइलो दाई’ बजारमा

पाल्पा, साउन२२/नेपाली महिलाहरुको महान चाड हरितालिका तीज नजिकीएसँगै नेपाली चेलीहरुलाई जता–ततै रातो सारी र हरियो चुरामा सजिएको देख्न सकिन्छ । तीजलाई मध्य नजर गर्दै नेपाली कलाकारहरु पनि तीज गीतका भिडियोहरु तछाड मछाडका साथ बजारमा ल्याउन तम्सी रहेका छन् । यस्तै क्रममा गुल्मेली चेली कर्मथलो काठमाडांै बनाउँदै आएकी लोकप्रिय गायिका अनु गुरुङ्गको स्वरमा नयाँ तीज गीत जमाना फेरियो […]

रानीमहल ईकोपार्क निर्माणको कार्य अन्तिम चरणमा

कृष्ण पोखरेल तानसेन, असार २६/प्रेमको प्रतिक रानीमहलमा घुम्न आउने पर्यटकहरुलाई लक्षित गरी ईकोपार्क निर्माण भइरहेको छ । रानीमहल क्षेत्रमा हरियाली बगैचा सहित विभिन्न किसिमका फूल सहित ईकोपार्क निर्माणको काम भइरहेको हो । डिभिजन वन कार्यालय पाल्पाले ईकोपार्क निर्माण कार्यलाई अन्तिम रुप दिएको छ । पार्कमा हरियाली बनाउन नर्सरीको काम बाहेक अन्य भौतिक निर्माणको सम्पूर्ण काम सकिएको डिभिजन वन […]

शुसिलाको गीतमा छोरीको वास्ताविक पीडा

अनिल खत्री गुल्मी, फागुन २२/जुन घरमा जन्मिछन् त्यहि घरमा छोरी पाहुना बन्छन् । यो साच्चिकै यर्थात पनि हो । छोरी आफ्नो जन्म घरमा पराई भएको एउटा वास्ताविक कथा गीत मार्फत गायिकाले पोख्ने प्रयास गरेकी छन् । गायिका शुसिला गौतमको नयाँ गीत सार्वजनिक भएको गीतमा एउटा नारीहरुको यर्थात कहानीलाई समावेश गरेकी छन् । लोक दोहोरी गीतको क्षेत्रमा उद्यमान गायिका गौतमले […]