बगनासकाली गाउँपालिका दाङसिंङ्गामा निर्माणधिन कालीगण्डकी लिफ्टिङ्ग खानेपानी योजनाको अनुगमा गर्दै प्रदेश पाँचका सांसद तथा नेपाली काँग्रेस पाल्पाका सभापति वीरबहादुर राना । साथमा नेपाल राष्ट्रिय मगर संघ पाल्पाका सभापति झमनबहादुर राज मगर । तस्वीर : सुनिता अधिकारी/नवजनचेतना दैनिक

रोकिएन नदी दोहन निस्दी गाउँपालिकाको वडा ५ निस्दीखोलामा डोजरको प्रयोग गरी ढुंगा उत्खनन् गरिदै । खोलामा डोजरको प्रयोग निषेध गरेपनि निर्माण व्यवसायीले यसरी नै डोजरको प्रयोग गरिरहँदा स्थानीय सरकार मौन रहेको छ । –तस्वीर : प्रकाश नेपाल/नवजनचेतना दैनिक

जिल्ला अस्पताल पाल्पामा उपचाररत विरामी र अस्पतालको अवस्था बुझ्दै पूर्व स्वास्थ्यमन्त्री, संघीय सांसद तथा नेपाली काँग्रेसका युवा नेता गगन थापा । साथमा प्रदेश सांसद वीरबहादुर राना, नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण पाण्डे लगायत जिल्लास्तरका नेताहरु ।                                       […]

मंगलबार अक्षय तृतीया तिथिको अवसर आदर्श माध्यमिक विद्यालय लघुवा, पाल्पाका विद्यार्थीहरुलाई जौंको सातु र सर्वत पानी वितरण गदै स्थानीय महिला ।  –तस्वीर : पवन कुँवरको फेसबुकबाट

उमेर सानो भए पनि मन सानो छैन :

पाल्पा लायन्स लाकौल आँखा अस्पतालको दानप्रत्रमा दान खसाल्दै तानसेन नगरपालिका ८ मदनपोखराका दुई वर्षका बालक जेनिस राना ।    –तस्वीर : धनबहादुर रुचाल/नवजनचेतना