श्री ७ भीमसेनको रथयात्रा

मंगलबार तानसेनमा श्री ७ भीमसेनको रथयात्रा निकालिएको छ । भीमसेनटोल मन्दिरबाट रथलाई बाजागाजासंगै तानसेन बजारका विभिन्न भागको परिक्रमा गराइएको छ भने घर–घरबाट पूजा दिइएको छ । जनैपूर्णिमा यता तानसेनमा गाईजात्रा, रोपाईजात्रा, श्रीनगर सिद्धि विनायक गणेशको रथयात्रा, श्री सूर्यविनायक गणेशको रथयात्रा र श्री ७ भीमसेनको रथयात्रा निकालिएको छ ।                   […]

फोटो प्रतियोगिताको नतिजा सार्वजनिक

पाल्पा, भदौ ३/साउन २४ गतेदेखी २६ गतेसम्म सञ्चालन भएको फोटो प्रतियोगिताको नतिजा सार्वजनिक भएको छ । तानसेन नगरपालिकाको आयोजना र टुरिजम एक्सन कमिटी तानसेनको संयोजनमा भएको प्रतियोगिताको एक कार्यक्रममका बीच सोमबार नतिजा सार्वजनिक गरिएको हो । प्रतियोगितामा दोर्णाचार्य भुषालले मूलढोकामा खिचिएको भगवती जात्राको फोटो पहिलो भएको छ । यस्तै मुक्ति न्यौपाने दोस्रो, धिरज अस्लामी तेस्रो र आदर्श कंडेलको […]

नवजनचेतना दैनिक पढ्दै

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजनामा शनिबार तानसेनमा भएको देशभरका दलित पत्रकारहरुको राष्ट्रिय भेलाको समुद्घाटन समारोहका प्रमुख अतिथि गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादव, पत्रकार महासंघका केन्द्रीय सभापति गोविन्द आचार्य र महासचिव रमेश विष्ट लगायतका अतिथिहरु नवजनचेतना दैनिक पढ्दै ।                                […]

ढलमा सुन छ की !

शनिबार रामपुर नगरपालिका ५ बेझाँड बजारका सुन पसल अगाडिको ढलमा सुन खोज्दै केही मानिसहरु । सुन पसल अगाडिका ढलमा सुनको केही टुक्राहरु भेटिन सक्ने सम्भावना रहेकाले उनीहरुले सुन खोजेका हुन् ।                                                 […]

गुल्मीमा हिमपात

बिहीबारदेखि परेको वर्षाको कारण शनिबार गुल्मीका विभिन्न ठाउँहरुमा हिमपात भएको छ । करिब समुन्द्री सतहदेखि दुई हजार ४ सय ५३ मिटरको उचाईमा अवस्थित धार्मिक एवं पर्यटकीय स्थल रेसुा लगायत अर्जुनडाँडामा हिँउ परेको हो । हिँउ परेपछि तम्घासमा चिसो बढेको र जसका कारण तम्घासको जनजीवन कष्टकर बनेको छ ।   –तस्वीर : तिलाचन पाण्डे/नवजनचेतना दैनिक