पेश्की रकम पाउने आशमा चिनी उद्योग सञ्चालन

हरि शर्मा परासी, : पेश्की रकम उपलब्ध गराउने सहमति भएपछि जिल्लाका चिनी उद्योगहरु सोमबारदेखि सञ्चालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालयको रोहबरमा शुक्रबार परासीमा भएको उद्योग सञ्चालक र किसानबीचको छलफलमा पेश्की स्वरुप प्रति क्विण्टल ३ सय रुपैयाँ उपलव्ध गराउने भएपछि उद्योगहरु सञ्चालन हुने भएका हुन । अन्य रकम भने सरकारले मूल्य निर्धारण गरेको आधारमा क्रमशः भुक्तानी […]

सिजनमा पनि सुनसान तानसेनको श्रीनगर पानी र विजुलीको समस्या छिट्टै समाधान हुने

सुशिल नेपाल पाल्पा : विगतका वर्षमा यतिबेला पाल्पाको सदरमुकाम तानसेनको शिरमा अवस्थित श्रीनगरमा पिकनिक र घुम्न आउनेको बाक्लो भीडभाड हुन्थ्यो । अझ शनिबार र विदाको दिन त सवारी साधन पार्कि· गर्नमा समेत समस्या हुन्थ्यो । पिकनिक खान आउनेहरुलाई श्रीनगर क्षेत्रभित्र उपयुक्त स्थान पाउनै मुस्किल हुन्थ्यो । यस वर्ष भने श्रीनगर विगतका वर्षमाभन्दा निकै सुनसान देखिएको छ । लामो समयको […]

रकम नपाए आन्दोलन गर्छौँ : किसान बक्यौता रकम पाउन सरकारी पहल हुनुपर्ने उखु किसानको गुनासो

हरि शर्मा नवलपरासी : सरकारी बेवास्ताका कारण एकवर्ष अघिदेखिको बक्यौता रकम पाउन नसकेको जिल्लाका उखु किसानहरुले गुनासो गरेका छन् । यसवर्षको उखु बिक्रीको सिजन सुरु भइसक्दा पनि उद्योगहरुलाई गतवर्षकै बक्यौता रकम भुक्तानी गर्न ताकेता नगर्दा सरकार प्रति किसानहरु निराश बन्दै गएका छन् । जसले गर्दा जिल्लामा प्रत्येक वर्ष उखु उत्पादनमा कमी हुँदै गएको छ । हरेक वर्ष उखु […]

वनका कर्मचारी र उपभोक्ता नै ठेकेदारसंग मिलेपछि पश्चिम पाल्पाका सामुदायिक वनबाट लाखौं अनियमितता

भुवन रायमाझी पाल्पा : पाल्पा जिल्लाको पश्चिम भेगमा रहेका केही सामुदायिक वनबाट वर्षेनी नियम विपरीत खोटो संकलन हुने गरेको छ । यसरी नियम विपरीत खोटो संकलन हुँदा उपभोक्ताहरुले दुःखका साथ संरक्षण गरिरहेका वन मासिने खतरा बढेकोमा चिन्ता व्यक्त गरेका छन् । उपभोक्ताले वन कार्यालयलाई दोष दिँदै आएको भएता पनि स्वयम् उपभोक्ता नै यसका प्रमुख जिम्मेवार भएको वन […]

करेशाबारीको महत्व नाकाबन्दीले बढायो : नेता भुसाल

जनार्दन घिमिरे गुल्मी : नेपाली कांग्रेस क्षेत्र नम्बर ३ गुल्मीले नाकाबन्दीले डरलाग्दो परनिर्भरता उजागर गरेको बताएको छ । नेपाली कांग्रेस क्षेत्र नम्बर तीन गुल्मीले गत मंसिर १२ गते क्षेत्रीय समितिले गरेका निर्णयहरुको बारेमा जानकारी गराउन गरेको पत्रकार सम्मेलन मार्फत अभावको यो समयमा ५ बर्ष अघि सुरु गरिएको घर घरमा करेशाबारी अभियानको महत्व बढेको जनाएको हो । सदरमुकाम तम्घासमा […]