तिनाउको मुर्थुमडाँडामा टेलिकमको टावर, सञ्चारमा सहजता

रामचन्द्र रायमाझी पाल्पा, चैत १/तिनाउ गाउँपालिका १ मुर्थुमडाँडामा नेपाल टेलिकमको विटिएस टावरको स्थापना गरिएको छ । लामो समयदेखि सञ्चार सुविधाबाट वञ्चित रहेका त्यहाँका वासिन्दाहरुले टावरको स्थापनासँगै राहतको महसुस गरेका छन् । सहज सञ्चार पहुँचबाट टाढा रहेका गाउँपालिका २ अन्तर्गतका ओखलढुङ्गाको खानी क्षेत्र, बगाहा झ्याङ्ला, भुता, फुलफुले, पाल्टांगे लगायतका नागरिकहरुलाई लक्षित गरी टावर सञ्चालनमा ल्याएपछि सञ्चारका लागि सहज […]

जिसस गुल्मीद्वारा विद्यालय, नदि र धार्मिक स्थलको अनुगमन, विकास निर्माण र योजनाहरुको अनुगमनमा तीव्रता

गुल्मी, फागुन २८/विकास तथा निर्माण सम्बन्धी कार्यको अध्ययन, अनुसन्धान र अनुगमन गर्ने जिम्मेवारी पाएको जिल्ला समन्वय समिति गुल्मीले जिल्ला भित्र सञ्चालित विकास निर्माण र योजनाहरुको अनुगमन कार्यलाई तीव्रता दिएको छ । समितिले संघ, प्रदेश, नगरपालिका र गाउँपालिकासँग प्रभावकारी समन्वय गर्ने र अनुगमनको माध्यमबाट जिल्लाको सन्तुलित विकासमा योगदान गर्ने उद्देश्यले अनुगमन कार्यलाई तीव्रता दिएको हो । […]

जनप्रतिनिधिलाई सेवाग्राहीको गुनासै–गुनासा

बजेट विनियोजनमा पक्ष विपक्षको व्यवहार नगर्न आग्रह अनिल खत्री गुल्मी, फागुन २८/जिल्लामा रहेको एक स्थानीय तहका सेवाग्राहीहरुले जनप्रतिनिधिहरु समक्ष गुनासै–गुनासा राखेका छन् । मालिका गाउँपालिकाको अर्धवार्षिकी समीक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी सेवाग्राहीले पालिकाले विनियोजन गरेका स–साना बजेट वितरणले कामभन्दा पनि दुरुपयोग बढेको, जनप्रतिनिधीले सेवाग्राहीलाई राजनीतिक व्यवहार गरेको गुनासो गरेका हुन् । विभिन्न वडाहरुबाट कार्यक्रममा पुगेका सेवाग्राहीले […]

आर्थिक अभावमा भैसीसँगै दाम्लोमा युवक !

आमाबुवा भन्छन् – ‘आफ्नो सन्तानलाई पशुसरह राख्न कसको मनले मान्ला र’ इमानसिं राना पाल्पा (रामपुर), फागुन २७/घर अगाडि भैसीको गोठ । जहाँ वस्तुभाउलाई हिलोबाट जोगाउन काठ बिच्छ्इएको छ । गोठको एक छेउमा भैसीलाई बाँधिएको छ भने अर्को छेउमा बाख्रा । गोठ कै बीच भागमा गुन्द्री बिच्छ्याइएको छ । गुन्द्री माथि कम्मरमा डोरीले बाँधिएको अवस्थामा ओढ्ने लुगा सहित छन् उज्यालो […]

खेलकुद क्षेत्रको विकास नै देशको विकास : सांसद पाण्डे

रामचन्द्र रायमाझी पाल्पा, फागुन २६/पूर्व उद्योगमन्त्री तथा प्रतिनिधि सभाका सांसद सोमप्रसाद पाण्डेले खेलकुदको विकास नै देशको विकास भएको बताएका छन् । शनिबार आठौं राष्ट्रिय खेलकुद तथा प्रदेशस्तरीय छनौट प्रतियोगिताको तानसेनमा उद्घाटन गर्दै सांसद पाण्डेले जसरी अन्य पक्षले देश विकासमा सकारात्मक भूमिका खेलेको हुन्छ, त्यसैगरी नै खेलकुद क्षेत्रको विकासले पनि देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले […]