विचौलीयाबाट जोगाउन बगनासका कृषकलाई ढुवानीमा अनुदान

रामचन्द्र रायमाझी पाल्पा, चैत्र ५/बगनासकाली गाउँपालिकाले व्यवसायिक कृषकहरुलाई विचौलीयाहरुबाट जोगाउन ढुवानी अनुदान दिएको छ । कृषकहरुले उत्पादन गरेको तरकारी सिधैँ कृषक आफैले बजारसम्म पु¥याई विचौलीयाहरुलाई निरुत्साहित गर्न कृषि शाखाले ढुवानी अनुदान दिएको हो । गाउँपालिकामा फागुन महिना भित्र दर्ता हुन आएका ११ वटा व्यवसायिक कृषक, कृषक समूह र कृषि फर्महरुलाई ४१ हजार ढुवानी अनुदान दिइएको कृषि शाखाले […]

भजन संरक्षण समितिद्वारा तानसेनमा फागु भजनको विधिवत शुरु

कृष्ण पोखरेल पाल्पा, चैत्र ४/ रङ्गहरुको पर्वको फागुपूर्णिमा होलीको अवसरमा तानसेन भजन संरक्षण समितिले सोमबार देखि फागु भजन शुरु गरेको छ । धार्मिक परम्परा र मान्यता अनुसार फागुन शुक्ल पक्षको द्वावदशीको दिनबाट फागु पर्वको शुरुवात हुने र पूर्णिमाको दिन समापन हुने भएकाले समितिले सोमबारबाट फागु पर्व विधिवत रुपमा मनाउन शुरु गरेको हो । तानसेनको भगवती […]

नगर सरकारको सडक चौडा बनाउने निर्णयले घरबारविहिन हुनुपर्ने अवस्था आएको भन्दै तानसेनका स्थानीय आन्दोलित

कृष्ण पोखरेल, रामचन्द्र रायमाझी पाल्पा, चैत्र ३/तानसेन नगरपालिकाले निर्माण गरेको सडक सिमा तथा मापदण्डका विरोधमा नगरवासी आन्दोलित भएका छन् । नगरपालिका भित्रका बस्ती जोगाउनका लागि विगतमा दलीय संयन्त्रको निर्णय र नेपाल सरकारले राजपत्रमा प्रकाशित सूचना विपरीत स्थानीय सरकारले आफ्नो मापदण्ड निर्माण गरेपछि सडक किनाराका स्थानीय बासिन्दा नगरपालिकाको निर्णयको विरोधमा आन्दोलित भएका हुन् । तानसेन होलाङ्दी […]

‘लोकतन्त्रको संस्थागत विकासमा काँग्रेस’

हाम्रा संवाददाता पाल्पा, चैत्र ३/नेपाल राष्ट्रिय मगर संघको प्रदेशस्तरीय दुई दिने प्रशिक्षण कार्यक्रमलाई शनिबारनै तानसेनमा उद्घाटन गर्दै सभापति देउवाले लोकतन्त्रको संस्थागत विकासका लागि काँग्रेस अगाडि बढेको बताए । पार्टीले लोकतान्त्रिक परिपार्टीलाई अवलम्वन गर्दै आएकाले अब काँग्रेस लोकतन्त्रको संस्थागत विकासमा अघि बढ्ने बताएका हुन् । उनले भने, ‘सबै जातजाती अट्ने र सबैको समानुपातिक प्रनिनिधित्व हुने खालको वातावरण बनाउने […]

सरकार प्रेस माथि अंकुृश लगाएर प्रजातन्त्रलाई समाप्त पार्न खोज्दै छ : सभापति देउवा

कृष्ण पोखरेल पाल्पा चैत्र २/नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले ओली सरकारले एक पछि अर्काे गर्दै निरंकुश तानशाही शैलीमा सरकार सञ्चालन गर्दै गएको बताएका छन् । नेपाल प्रेस युनियन पाल्पा शाखाले शनिवार तानसेनमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सभापति देउवाले सम्पूर्ण अधिकार कम्युनिष्ट शैलीमा प्रधानमन्त्री माथि केन्द्रित गर्दै गएको, साईवर क्राईम ऐन अन्र्तगत […]