एकलौटी शिफारिस गरेको स्थानीयको आरोप, सचिवद्वारा गल्ती स्वीकार

सुशिल नेपाल पाल्पा : प्रस्तावित नयाँ नगरपालिकाको विषयमा स्थानीय वासिन्दासंग सरोकारै नगरी निर्णय गरेको आरोपमा चिर्तुङ्गधाराका गाविस सचिव नारायणबहादुर शाही अहिले विवादमा तानिएका छन् । नयाँ बन्न लागेको नगरपालिकामा स्थानीय वासिन्दासंग छलफल नै नगरी निर्णय पठाएको भन्दै उनी विवादमा तानिएका हुन् । सचिवले जनतासंग छलफल नै नगरी निर्णय पठाएकोमा गाविसका विभिन्न राजनीतिक दलका व्यक्तित्वहरु, वडा संयोजक, शिक्षक […]

मजदुरहरुको आशा र भरोसाको केन्द्र : महर्जन

पाल्पा : पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले भवन निर्माण गर्दा मोटो पिल्लर हुँदैमा र सिमेन्टी बढी प्रयोग गर्दैमा भूकम्प प्रतिरोधी घर बन्न नसक्ने बताएका छन् । उनले माटो परीक्षण र केही महिना अघिदेखिको योजना बनाउनु पर्ने भएतापनि घरधनीहरुले यस्ता प्रक्रियाहरु पूरा नगरी भवन निर्माण गर्दा दीगो र टिकाउ नहुने बताए । शनिबार तानसेनमा भएको भवन […]

पाल्पाका कतिपय बैंकहरु गोप्य छैनन् करोडौं लगानीमा वैंकहरु पनि दोषी

पाल्पा : गत साता पाल्पामा नेटवर्कि· व्यवसाय ‘कमोडोटिज विजनेस’ मा अवैध लगानी गर्ने व्यक्तिहरू फस्नुमा पाल्पा जिल्लामा कारोवार गरिरहेका कतिपय बैंकहरुले आफ्ना ग्राहकहरुको डिपोजित रकम बताई दिएर गोप्यता भ· गरेको समेत खुलासा भएको छ । सोही क्रममा जिल्लामा शाखा रहेका कतिपय बैंकका कर्मचारीलाई पाल्पा प्रहरीले निगरानी गर्नुका साथै सोधपुछ समेत सुरु गरेको स्रोतको दावा छ […]

लक्ष्मी माविको स्वर्ण महोत्सवको तयारी तिब्र

सुशिल नेपाल पाल्पा : लक्ष्मी माध्यमिक विद्यालय खस्यौली पाल्पाले यहि फागुन १० गते मनाउने स्वर्णमहोत्सवको तयारी तिब्र पारेको विद्यालयले जनाएको छ । विद्यालयले महोत्सव सफल बनाउन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद खनालको संंयोजकत्वमा १ सय ५ सदस्यीय मूलआयोजक समिति गठन गरेको छ । यस्तै विभिन्न उपसमितिहरु समेत गठन गरी तयारी तिब्र पारेको विद्यालयका प्राचार्य रामचन्द्र नेपालले जानकारी […]

पाल्पामा ट्राफिक प्रहरीको सक्रियता

भुवन रायमाझी पाल्पा : जिल्ला प्रहरी कार्यालय पाल्पा र जिल्ला ट्राफिक प्रहरीले जिल्लामा ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनिकरणमा आफ्नो सक्रियता बढाएको छ । ट्राफिक प्रहरीले चालू आवको सात महिनामा जिल्लाका मुख्य राजमार्ग चेक जाँचबाट आठ हजार नौ सय सवारी साधनले नियम विपरित सवारी चलाउने क्षमताभन्दा सामान राख्ने, छतको यात्रा गराउने सवारी साधनबाट ३१ लाख ५१ हजार […]