३५ वर्षदेखि सिङ्गो शहर लालपूर्जा विहीन, आश्वासन बाहेक केही पाएनन् रामपुरवासीले

कृष्ण पोखरेल पाल्पा (रामपुर), माघ ६/चिटिक्क परेको उपत्यका, त्यही उपत्यकामा दिनहँु वस्ती विस्तार हुँदै गएको छ । उपत्यकाको मुख्य बजार बेझाड, किसानबारी, विजयपुरमा पाँच/छ तलाका ठूला–ठूला भवन ठडिएका छन् । तर, ति ठूला–ठूला भवन, डिपार्टमेन्टल स्टोर लालपूर्जाबाट होइन हाते कागजबाट विक्री वितरण हुँदै आएको पाइन्छ । पाल्पाको दोस्रो व्यापारिक केन्द्र र उदाउँदो प्रमुख शहरको रुपमा चिनिएको सिङ्गो रामपुर […]

बन्ने भयो तानसेनमा बस टर्मिनल

पाल्पा, माघ ५/तानसेन नगरपालिका वडा ५ मा रहेको वनदेवीमा बस टर्मिनल निर्माणका लागि नापजाँच तथा सम्भाव्य अध्ययनको काम सुरु भएको छ । शुक्रबार संघीय, प्रदेश सांसद्, तानसेन नगरप्रमुख, जिल्लाका राजनैतिक दलका प्रमुखहरु, वडा अध्यक्ष, तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, डिभिजन वन कार्यालयका प्रमुख र स्थानीय बासिन्दा सहितको टोलीले स्थलगत अनुगमन, निरिक्षण गरेर बस टर्मिनल निर्माणको काम […]

माथागढीले ल्यायो, सूचनामैत्री बनाउन गाउँपालिकामै पहिलो पटक मोवाइल एप

रामचन्द्र रायमाझी पाल्पा (माथागढी), माघ ४/जिल्लामा रहेका आठ गाउँपालिका र दुई नगरपालिकाहरुले आ–आफ्नै ढंगले कार्य सम्पादन गर्दै आएका छन् । संविधानमा स्थानीय तहहरु सूचनामैत्री र पारदर्शी हुनुपर्ने भनिए ता पनि कतिपय स्थानीय तहहरुले सूचनाहरु लुकाउने गरेको पाइन्छ । सूचना र प्रविधिको प्रयोग नगरेकै कारण केही स्थानीय तहहरुले तर्जुमा गरेका नीति तथा कार्यक्रम, विकास निर्माणका कामहरु सहजै रुपमा […]

दुर्घटनामा मृत्यु हुनेहरुको स्मरण गर्दै लक्ष्मीले मनायो साधारण सभा

पाल्पा, पुस २९/लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १६ औं वार्षिक साधारण सभा शनिबार तानसेनमा मनाएको छ । सहकारीले गत जेष्ठ १८ गते हुमिन दुर्घटनामा ज्यान गुमाएकाहरुको स्मरण गर्दै साधारण सभा मनाएको हो । सभाको प्रमुख अतिथि पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन प्रसाद श्रेष्ठले उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले सहकारी अभियन्ताहरु गुमाउनु पर्दा […]

‘लोकतन्त्र स्थापनामा शिक्षकको भूमिका महत्वपूर्ण’

हाम्रा संवाददाता पाल्पा, पुस २९/प्रदेश सभा सदस्य तथा नेपाली काँग्रेसका जिल्ला सभापति वीरबहादुर रानाले मुलुकमा लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि शिक्षकहरुको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । शनिबार नेपाल शिक्षक संघ तानसेन नगरकार्य समितिको प्रथम स्थानीय प्रतिनिधिसभाको कार्यक्रमलाई तानसेनमा सम्बोधन गर्दै सांसद् रानाले देशमा राजतन्त्रको अन्त्य गरी लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्नमा शिक्षकहरुको महत्वपूर्ण भूमिका रहेको बताएका हुन् । […]