योजना तथा बजेट सम्बन्धी दुई दिने तालिम माथागढीमा

पाल्पा(माथागढी), असार ६/ योजना तथा बजेट सम्बन्धी दुई दिने तालिम माथागढी गाँउपालिका झडेवामा शूरु भएको छ । जिल्ला समन्वय समिति पाल्पाको आयोजनामा माथागढी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, कार्यपालिकाका पदाधिकारीहरु र कर्मचारीहरुकालाई तालिम दिइएको हो । तालिममा विकास योजनाको अवधारणा, विकासक्रम र संवैधानिक एवं कानूनी व्यवस्था, स्थानीय तहको वार्षिक योजना, बजेट तर्जुमाको पूर्व तयारी, स्रोत […]

यम्घाको दर्पुकमा पुग्यो पहिलो पटक बस

पाल्पा, असार ६/ बगनासकाली ६ यम्घा दर्पुकमा पहिलो पल्ट बस पुगेको छ । बगनासकाली गाउँपालिकाको आर्थिक सहयोगमा कच्ची सडक चौडा पारिएपछि बुधबार पहिलो पल्ट बस पुगेको हो । मौलेभञ्ज्याङ्ग दर्पुक सडक सुधारको लागि परेको ४० लाख बजेटमा बाटो चौडा पारिएको छ । सुधारिएको सडकबाट गाउँमा गाडी पुगेको गाउँपालिका प्रवक्ता एवं वडा ६ का वडा अध्यक्ष लक्ष्मीप्रसाद अधिकारीले बताए । […]

गुल्मीका युवालाई ग्राफिक्स डिजाइन तालिम

गुल्मी, गुल्मीमा जिल्ला युवा समितिले युवाहरुलाई ग्राफिक्स डिजाइन तालिम सुरु गरेको छ । जिल्लामा रहेका बेरोजगार युवाहरुलाई तालिम दिएर स्वरोजगार बनाउने उदेश्यले तालिम राखिएको जिल्ला युवा समिति गुल्मीकी नासु सञ्जिवनी आर्यलले बताइन् । समितिले मंगलबार एक कार्यक्रमको आयोजना गरेर २५ जना युवालाई एक महिना सम्मको लागि कम्प्यूटर मार्फत विभिन्न खालका डिजाइन गर्न सक्ने गरी ग्राफिक्स डिजाइन तालिम […]

पूर्णसरसफाई नगर घोषणा गर्न घरघरमा स्टिकर

रामपुर (पाल्पा), रामपुर नगरपालिकालाई पूर्ण नगर सरसफाई युक्त नगर घोषणा गर्ने लक्ष्यका साथ नगर भित्रका दूई हजार घरधुरीमा पूर्ण सरसफाईको स्टिकर टाँसिने कार्य भइरहेको छ ।  पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजनाले रामपुर नगरपालिका सँग साझेदारी गरी नगरपालिकाका वडा नं ४, ५, ६ र ७ गरी चार वटा वडाका घरहरुमा स्टिकर टास्ने कार्य भइरहेको हो । […]

कानूनी सचेतना सम्वन्धी एक दिने तालिम देवगिरमा

पाल्पा (माथागढी), असार १/ कानूनी सचेतना सम्वन्धी एक दिने तालिम माथागढी गाउँपालिका ४ देवगिरमा भएको छ । दलित वर्ग उत्थान गाउँ समन्वय समिति माथागढी ४ झडेवाको आयोजनामा गाउँपालिका भित्रका सम्पूर्ण दलित वर्गहरुका लागि कानूनी सचेतना तालिम दिइएको हो । तालिमको उद्घाटन गर्दै प्रमूख अतिथि तथा गाउँपालिकाकी उपाध्यक्ष निर्मला भट्टराईले संविधानमा उल्लेख गरिएका दलितका हक अधिकारका […]