श्रीस्वस्थानी व्रतकथा आजदेखि शुरु, डाक्टरको सुझाव– ‘अस्वस्थ मानिस व्रत नबस्नु’

रामचन्द्र रायमाझी पाल्पा, माघ ७/प्रत्येक वर्ष पौष शुक्ल पूणिर्मादेखि माघ शुक्लपूर्णिमासम्म मनाइने श्रीस्वस्थानी व्रतकथा आजदेखि शुरु भएको छ । स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकांक्षा पूरा हुने धार्मिक जनविश्वासका साथ प्रत्येक वर्ष घर–घरमा हिन्दु धर्मग्रन्थ स्वस्थानीको कथा सुनाउने गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर […]

मोफसलका मिडियाको विकास नभए सम्म पत्रकारिताको विकास हुँदैन : अध्यक्ष आचार्य

पाल्पा, पुस १८/नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले पाल्पाबाट प्रकाशित दैनिक पत्रिका नवजनचेतना दैनिकको अवलोकन गरेका छन् । बुधबार पत्रकार महासंघ पाल्पाको साधारण सभामा सहभागी हुन रामपुर जान लागेका आचार्यले दैनिकको अवलोकन गरेका हुन् । अवलोकन क्रममा दैनिकका सम्पादक जगदीश भट्टराई सँगकुरा गर्दै अध्यक्ष आचार्यले मोफसलका मिडियाहरुको विकास नभए सम्म नेपालमा पत्रकारिताको विकास नहुने […]

बगनासकालीका किसानले गरे राहतको महशुस

रामचन्द्र रायमाझी पाल्पा, मंसिर ३/ मुलुकमा नयाँ संरचना कार्यान्वय भएसँगै सिंहदरबारको अधिकार गाउँ–गाउँमा भनिएपनि अधिकांश स्थानीय तहहरुमा अझै जनताले सामान्य अधिकारको पनि अनुभूत गर्न पाएका छैनन् । स्थानीय सरकार आएको लामो समय बितिसक्दा समेत जनताहरुले सामान्य राहत र अधिकारको प्रत्याभूति गर्न नसकिरहेको अवस्थामा जिल्लाको एक गाउँपालिकाले भने कृषकहरुलाई सामान्य राहतको महशुस दिलाएको छ । जिल्लामै कृषिको रुपमा […]

पाल्पामा लाग्ने सत्यवती मेला मंसिर ५ गतेदेखि हुने

कृष्ण पोखरेल पाल्पा, मंसिर १/जिल्लाको तिनाउँ गाउँपालिका वडा ४ सत्यवतीमा यही मंसिर ५ गतेदेखि ७ गतेसम्म चिच्चाएर बर माग्ने मेला लाग्ने भएको छ । यो वर्षको महाजोगमा सत्यवती बज्यैको दर्शन गरौं, आफुले चाहेको मनोकामना पूरा गरांै भन्ने मूल अभियानका साथ ३ दिने सत्यवती बज्यै महोत्सव हुन लागेको हो । सत्यवती तालमा प्रत्येक वर्ष कार्तिक पूर्णिमाको अवसरमा सत्यवती […]

तिहार नजिकिएसँगै मिठाई पसलहरुमा अनुगमन

कृष्ण पोखरेल तानसेन, कार्तिक , <strong>तिहार तथा दिपावलीलाई लक्षित गरी तानसेनका मिठाई पसलहरुमा अनुगमन गरिएको छ । मिठाईको उत्पादन तथा विक्रिमा गुणस्तरीयता कायम गर्नका लागि अनुगमन केन्द्रित गरिएको हो । तिहार नजिकै जादाँ विभिन्न किसिमका मिठाईको कारोवार बढ्दै गएको समयमा अनुगमन टोलीले तानसेनका मिठाई पसल तथा उत्पादन स्थलहरुमा अनुगमन गरेको हो । अनुगमनमा मिठाई उत्पादन […]