कार्यशाला गोष्ठी सकियो

मिलन विश्वकर्मा पाल्पा, माघ १६ : वातावरण विभाग कुपण्डोल, ललितपुरको आयोजनामा मदनपोखरामा बिषादी र वातावरण विषयक कार्यशाला गोष्ठी बिहीबार मदनपोखरा पाल्पामा सकिएको छ। मदनपोखरा बहुउद्देश्यीय कृषि बजार सहकारी सँस्थाको सभाहलमा भएको गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै वातावरण विभागका महानिर्देशक डा. यूवकध्वज जिसीले रासायिनिक विषादी र यसले मानव स्वास्थ्य तथा वातावरणमा पार्ने नकारात्मक असरहरुका बारेमा प्रकाश पारेका […]

महिला कैदीबन्दीलाई अचार बनाउने तालिम

पाल्पा, माघ १६ : घरेलु तथा साना उद्योग कार्यालय पाल्पा र कारागार शाखाको संयूक्त आयोजनामा कारागार जीवन बिताईरहेका महिला कैदीबन्दीलाई प्रशोधित अचार बनाउने तालिम सकिएको छ। सात दिने तालिममा कारागार शाखा पाल्पाका २१ जना महिला कैदी बन्दीको सहभागीता रहेको थियो। सहभागीलाई उद्यमी चन्द्रलमी श्रेष्ठले प्रशिक्षण दिएका थिए। तालिम समापन अवसरमा बोल्दै पाल्पाका प्रमुख जिल्ला अधिकारी […]

मोटर गुड्दा असारेको दलित समुदाय खुसी

पाल्पा (रामपुर), माघ १५ : आफुहरुको टोलमै गाडी गुड्न थालेपछि पाल्पा सिद्धेश्वरका दलित समुदाय खुसी भएका छन्। गाविसको वडा ८ देउले देखि वडा ५ मा रहेको टोलमा मोटरबाटो पुगेर गाडी चल्न थालेपछि उनीहरु खुसी भएका हुन्। अधिकाँश दलित र केहि जनजाती समुदायको बसोबास रहेको असारेमा वषौं देखिको प्रयास पछि अहिले मात्र मोटरवाटो पुगेको हो। गाविसको […]

राम उच्च मावि जिल्लामै प्रथम

पाल्पा, माघ १५ : उच्च माध्यमिक शिक्षा परिषद्ले भर्खरै प्रकाशन गरेको कक्षा ११ को वार्षिक परीक्षा परीक्षाफलमा राम उच्च मावि खानीछाप राम्दीले जिल्लामै प्रथम स्थान प्राप्त गरेको विद्यालयले जनाएको छ। विद्यालयबाट ३७ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा २८ जना विद्यार्थीहरु उत्तीर्ण भएका छन्। यस विद्यालयबाट व्यवस्थापन र शिक्षा संकायबाट उत्तीर्ण हुने विद्यार्थीहरुको प्रतिशत ७६ प्रतिशत […]

शान्ति समितिको बैठक

पाल्पा, माघ १२ : स्थानीय शान्ति समिति पाल्पाको २६ औं बैठक आइतबार तानसेनमा भएको छ। बैठकमा पाल्पामा केही दिनअघि प्रहरी नायव उपरीक्षकको रुपमा आएका शिवकुमार श्रेष्ठलाई समितिका जेष्ठ सदस्य एवम् जिविस पाल्पाका पूर्व सभापति प्रेमनाथ बश्यालले फूल माला, टिका र ढाका टोपीले सम्मान गरेका थिए। सम्मानपछि प्रहरी नायव उपरीक्षक श्रेष्ठले शान्ति प्रवर्धनका लागि शान्ति समिति […]