नेराम संघको प्रशिक्षण सकियो, प्रदेशस्तरीय कमिटी गठन

शर्मिला थापा मगर पाल्पा, चैत्र ४/नेपाल राष्ट्रिय मगर संघको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सकिएको छ । तानसेनमा दुई दिनसम्म सञ्चालन भएको प्रशिक्षण कार्यक्रम आइतबार सकिएको हो । ‘लोकतान्त्रिक संगठित र प्रशिक्षित मगर समुदाय निर्माणका लागि राष्ट्रिय मगर जागरण अभियान’ भन्ने मूल नाराका साथ प्रदेशस्तरीय प्रशिक्षण भएको थियो । नेपाल राष्ट्रिय मगर संघ प्रशिक्षण एवं समन्वय विभागको आयोजना र नेराम […]

नगर सरकारको सडक चौडा बनाउने निर्णयले घरबारविहिन हुनुपर्ने अवस्था आएको भन्दै तानसेनका स्थानीय आन्दोलित

कृष्ण पोखरेल, रामचन्द्र रायमाझी पाल्पा, चैत्र ३/तानसेन नगरपालिकाले निर्माण गरेको सडक सिमा तथा मापदण्डका विरोधमा नगरवासी आन्दोलित भएका छन् । नगरपालिका भित्रका बस्ती जोगाउनका लागि विगतमा दलीय संयन्त्रको निर्णय र नेपाल सरकारले राजपत्रमा प्रकाशित सूचना विपरीत स्थानीय सरकारले आफ्नो मापदण्ड निर्माण गरेपछि सडक किनाराका स्थानीय बासिन्दा नगरपालिकाको निर्णयको विरोधमा आन्दोलित भएका हुन् । तानसेन होलाङ्दी […]

भिरबाट लडेर गुल्मीमा एकको मृत्यु

गुल्मी, चैत्र ३/ जिल्लामा भिरबाट लडेर एक वृद्धाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका ४ नुवाला निवासी ७५ वर्षिय कृष्ण घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रविन्द्र खड्काले जानकारी दिए । घर्ती आइतवार दिउँसो सोहि स्थानकै स्याली भन्ने खरबारीमा दाउरा काटेर घरमा फर्किने क्रममा भिरबाट लडेर घटना स्थलमै मृत्यु भएको थियो […]

आर्थिक विकास नभएसम्म दलित समुदायको उत्थान हुन नसक्ने

रमेश विश्वकर्मा गुल्मी,चैत ३/ आर्थिक विकास नभए सम्म दलित समुदायको उत्थान हुन नसक्ने जिल्लामा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । तम्घासमा आयोजित दलित सहकारी संस्था स्थापनाका लागि दलित साझा भेला कार्यक्रममा सहभागी दलित अधिकारकर्मीहरुले दलित समुदाय आर्थिक रुपले सवल नभएसम्म सामाजिक चेतना समेत माथि उठ्न नसक्ने बताएका हुन् । भेलालाई सहजीकरण गर्दै दलित […]

गुल्मीमा आगलागीबाट घर जलेर नष्ट, चार लाख बढीको क्षति

गुल्मी, चैत्र ३/ जिल्लाको चन्द्रकोट गाउँपालिका १ मा रहेको सुन्तली परियारको कच्ची घर जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक रविन्द्रबहादुर खड्काका अनुसार आईतबार बिहान भैसीलाई कुँडो पकाउनका लागि आगो सल्काएर अन्य घरयासी काम गर्न लाग्दा आगो अनियन्त्रीत घर जलेर पूर्ण रुपमा नष्ट भएको बताए […]