कम्युनिष्टको दिलमा लोकतन्त्र छैन :वरिष्ठ नेता पौडेल

रामचन्द्र रायमाझी पाल्पा, माघ ७/ नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टको दिलमा लोकतन्त्र र प्रजातन्त्र नभएको बताएका छन् । सोमबार नेपाली काँगे्रस पाल्पाले तानसेनमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले कम्युनिष्टले आफुलाई लोकतन्त्र र प्रजातन्त्रको संज्ञा दिने गरे पनि त्यसको धज्जी उठाउदै आएकाले उनीहरुको दिलमा लोकतन्त्र र प्रजातन्त्र नभएको बताएका हुन् […]

भूकम्प प्रतिरोधात्मक भवन निर्माण गर्नुपर्छ : ज्ञवाली

पाल्पा, माघ ७/राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भवन निर्माण गर्दा भूकम्प प्रतिरोधात्मक र मापदण्ड अनुरुप बनाउनुपर्ने बताएका छन् । आइतबार पाल्पाको तानसेनस्थित जनप्रिय माध्यमिक विद्यालयमा भूकम्पले क्षती पु¥याएको भवनको अवलोकन गर्दै अधिकृत ज्ञवालीले यस्तो बताएका हुन् । उनले विद्यालयलाई नयाँ भवन निर्माणको काम तत्काल अगाडि बढाउन आग्रह गर्दै भवन भूकम्प प्रतिरोधात्मक र मापदण्ड अनुरुप […]

श्रीस्वस्थानी व्रतकथा आजदेखि शुरु, डाक्टरको सुझाव– ‘अस्वस्थ मानिस व्रत नबस्नु’

रामचन्द्र रायमाझी पाल्पा, माघ ७/प्रत्येक वर्ष पौष शुक्ल पूणिर्मादेखि माघ शुक्लपूर्णिमासम्म मनाइने श्रीस्वस्थानी व्रतकथा आजदेखि शुरु भएको छ । स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकांक्षा पूरा हुने धार्मिक जनविश्वासका साथ प्रत्येक वर्ष घर–घरमा हिन्दु धर्मग्रन्थ स्वस्थानीको कथा सुनाउने गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर […]

वडा सदस्यले गरे विपन्न विद्यार्थीलाई स्विटर सहयोग

रमेश विश्वकर्मा गुल्मी, माघ ६/ नेपाली कांग्रेस गुल्मीका जिल्ला सदस्य तथा धुर्कोट गाउँपालिका ४ का वडा सदस्य गोपाल थापाले विपन्न, दलित वर्गका विद्यार्थीलाई स्विटर वितरण गरेका छ्न । सदस्य थापाले जिल्लाको धुर्कोट गाउँपालिका ४ जैसिथोक स्थित फुलबारी प्राथमिक विद्यालयमा अध्ययन २० जना विद्यार्थीलाई स्विटर वितरण गरेका हुन । विद्यालयको ३० औं वार्षिकोत्सबको अवसर पारेर थापाले […]

३५ वर्षदेखि सिङ्गो शहर लालपूर्जा विहीन, आश्वासन बाहेक केही पाएनन् रामपुरवासीले

कृष्ण पोखरेल पाल्पा (रामपुर), माघ ६/चिटिक्क परेको उपत्यका, त्यही उपत्यकामा दिनहँु वस्ती विस्तार हुँदै गएको छ । उपत्यकाको मुख्य बजार बेझाड, किसानबारी, विजयपुरमा पाँच/छ तलाका ठूला–ठूला भवन ठडिएका छन् । तर, ति ठूला–ठूला भवन, डिपार्टमेन्टल स्टोर लालपूर्जाबाट होइन हाते कागजबाट विक्री वितरण हुँदै आएको पाइन्छ । पाल्पाको दोस्रो व्यापारिक केन्द्र र उदाउँदो प्रमुख शहरको रुपमा चिनिएको सिङ्गो रामपुर […]