#news #Shittalpati #fresh#fresh vegetables #grenary

घरको छतमा फलेका तरकारी ः

बगनासकाली–२, पोखराथोकका कृषक कवि नेपालको घरको छतमा फलेका करेला, बोडी, भिण्डी लगायतका तरकारीहरु । नेपालले लामो समयदेखि घरको छतमा मौसमी र बेमौसमी तरकारी खेती गरेर घरायसी आवश्यकता पूरा गर्नुको साथै गाउँमा विक्री समेत गर्दै आएका छन् । घरको छतमा व्यवसायिक तरकारी खेती गर्ने नेपाल एक मात्र कृषक हुन् । –तस्वीर ः नवजनचेतना दैनिक

#shittalpaati online #news #accident #road #ribdeko #hotnews #update news

दुर्घटना न्यूनीकरणमा तानसेन नगरको चासो

तानसेन, तानसेनका सडकहरुमा दुर्घटनाहरु बढ्दै गएपछि तानसेन नगरपालिकाले चासो देखाएको छ । सडक साघुरा र अव्यवस्थित सवारी पार्कि·का कारण दुर्घटनाहरु बढ्दै जान थालेपछि नगरपालिकाले जिल्ला प्रहरी, स्थानीय प्रशासन र ट्राफिक कार्यालयको समन्वयमा पार्कि·को व्यवस्थापन गरेको हो । तानसेनका अधिकांश सडकहरुमा मापदण्ड नपुगेको र गे्रड नमिलेकै कारण दुर्घटना हुने भएकाले नगरपालिकाकले पार्कि· क्षेत्र र रुट निर्धारण गरेको छ । […]

#प्रभावकारी बन्दै गुल्मीका स्थानीय तहहरुमा स्वास्थ्य संस्था

प्रभावकारी बन्दै गुल्मीका स्थानीय तहहरुमा स्वास्थ्य संस्था

कौरव खत्री गुल्मी, भदौ ५/ नयाँ संघीय संरचना अनुसार प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी तथा आयुर्वेद औषधालय स्थानीय तहलाई हस्तान्तरण गरेसँगै स्वास्थ्य क्षेत्रका समस्या समाधान हुन थालेका छन् । विगतमा जिल्लाका स्वास्थ्य चौकीहरुमा औषधी र कर्मचारी व्यवस्थापनमा समस्या देखिएपनि अहिले स्वास्थ्य सञ्चालनमा लागेको खर्च र त्यहाँ कार्यरत कर्मचारीहरुको तलब भत्ता स्थानीय तहले व्यवस्थापन गर्दै आएपछि समस्याको […]

झिरुवासमा व्यवसायिक अलैंची खेती सुरु

इमानसिं राना पाल्पा (रामपुर), भदौ ६/पूर्वी नेपालमा प्रमुख नगदेबालीका रुपमा परिचित अलँैची खेती पाल्पामा पनि व्यवसायिक रुपमा सुरु भएको छ । घरायसी प्रयोजनका लागि जिल्लाका केही स्थानहरुमा खेती हुँदै आएपनि निस्दी ३ झिरुवास खादरका किसानहरुले व्यवसायिक रुपमा अलँैची लगाउन थालेका हुन् । अदुवा, अम्रिसो र निगालोलाई आम्दानीको मुख्य स्रोतका रुपमा लिदै आएका किसानहरुले अलैँचीको सम्भावना देखेर गाउँको […]

तथ्याङ्कलाई विश्वसनीय बनाउन सरोकारवालाको सुझाव

पाल्पा, भदौ ५/नगरको समग्र आर्थिक, भौतिक, समाजिक र भौगोलिक अवस्थाका विषयमा तयार पार्न थालिएको तानसेन नगरको पाश्र्वचित्रमा समेटिएका तथ्याङ्कलाई विश्वसनीय, वैद्ध र भरपदो बनाउन तानसेनका सरोकारवालाले सुझाएका छन् । तानसेन नगरपालिकाले मंगलबार आयोजना गरेको नागरिक खुल्ला अन्तक्र्रिया कार्यक्रमका सहभागीले नगरकै आर्थिक अवस्थाको मापन र विश्लेषणका लागि हुन लागेको नगर पाश्र्वचित्र उद्देश्य अनुरुप भए प्रभावकारी हुने बताए । […]