अबको दशक विकास र समृद्धि : दहाल

इमानसिं राना पाल्पा (रामपुर), पुष २/नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले राजनैतिक शक्तिहरुले अबको एक दशक विकास र समृद्धिमा बिताउने संकल्प गरेको बताएका छन् । दशक÷दशकमा नेपालमा ठूला परिवर्तन हुने गरेको भन्दै दहालले राजनैतिक दलहरुले अबको दशकलाई विकास र समृद्धिको रुपमा लिएको बताएका हुन् । उनले भने ‘परिवर्तनका लागि भएको एक दशकको युद्ध […]

नेकपाले लगायो अध्यक्ष र सचिवको टुङ्गो

पाल्पा, पुस २/नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पाल्पाका १० वटै स्थानीय तहमा अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ । बुटबलमा बसेको नेकपाको प्रदेश ५ कमिटीको बैठकले जिल्लाको स्थानीय तहमा अध्यक्ष र सचिवको टुङ्गोलगाएको हो । नेकपाले तानसेन नगर पालिकामा अध्यक्ष रामप्रसाद पोखरेल र सचिव नारायण कार्की, रामपुर नगरपालिकामा अध्यक्ष कमल भट्टराई र सचिव दामोदर पाठक, बगनासकाली गाउँपालिकामा […]

सानिमा बैंकले गर्यो रक्तदान

पाल्पा, पुस २/सानिमा बैंक लिमिटेड तानसेन शाखाले रक्तदान गरेको छ । आफ्नो १४ औं वार्षिक उत्सवको अवसरमा बैंकले रक्तदान गरेको हो । जिल्लामा छोटो समयमै प्रभावकारी वित्तिय सेवा प्रदान गर्दैै आएको बैंकले सामाजिक काममा पनि आफुलाई अग्रसर बनाएको छ । वार्षिक उत्सव भव्य र सव्य रुपमा मनाएको बैंकले नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पाल्पाको सहकार्यमा तानसेनमा रक्तदान गरेको […]

रेडियो कार्यक्रम उत्पादन, सञ्चालन सम्बन्धि सम्झौता

पाल्पा, पुस १/पाल्पा प्याव्सन र युनिक एफएम बीच शैक्षिक रेडियो कार्यक्रम उत्पादन र सञ्चालन सम्बन्धि समझौता भएको छ । आईतबार दुई पक्ष बीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा हस्ताक्षर गर्दै युनिक एफएमका अध्यक्ष जगदीश भट्टराई र प्याव्सनका अध्यक्ष भरतप्रसाद न्यौपानेले कार्यक्रम जिल्लाका स्वतन्त्र रेडियो र प्याव्सनको सहकार्यमा उत्पादन हुन लागेको जानकारी दिए । शैक्षिक गतिविधी र बालबालिका, […]

महेन्द्र माविद्वारा बालबालिकाहरुलाई दिवाखाजाको व्यवस्था

रमेश विश्वकर्मा गुल्मी, पुष १ /जिल्लाको सदरमुकाम तम्घासमा रहेको महेन्द्र नमुना माध्यमिक विद्यालयले विद्यार्थीहरुलाई दिवा खाजाको व्यवस्था गरेको छ । विद्यालयमा रहेको बालविकास केन्द्रका विद्यार्थीहरुलाई आईतबार एक कार्यक्रमको आयोजना गरी दिवा खाजाको व्यवस्था गरिएको हो । रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले बालबालिकाहरुलाई खाजा वितरण गरी दिवा खाजा कार्यक्रमको उद्घाटन गरेका हुन् । खाजा वितरण गर्दै नगरप्रमुख भुसालले विपन्न […]