पाल्पामा सेनाले गर्याे स्वास्थ्य शिविर

पाल्पा, गोरखदल गण पाल्पाले भूतपूर्व सैनिक र गणमा रहेका नेपाली सेनाका अफिसर, अधिकृत तथा जवानहरुका लागि शुक्रबार स्वास्थ्य शिविर आयोजना गरेको छ ।  स्वास्थ्य शिविरमा २ सय ३० भन्दा बढीको निःशुल्क स्वास्थ्य परीक्षण भएको गोरखगण पाल्पाका गणपति प्रमुख सेनानी सुरज थापाले जानकारी दिए । थापाले, शिविरमा भूतपूर्व नेपाली सेना, उनका परिवार र शाहादत प्राप्त सेनाका परिवारको स्वास्थ्य परीक्षणले […]

रामपुरमा फोनको समस्या, चार सय ४१ सेवाग्राही प्रभावित

इमानसिं राना पाल्पा (रामपुर), केही समय यता पाल्पाको रामपुर क्षेत्रमा ल्यानलाईन फोन सेवामा पुन समस्या देखिएको छ । बेलाबेलामा विद्युत प्रवाह रोकिदा नेपाल टेलिकमको ल्यानलाईन सेवा अवरुद्ध हुने समस्या रामपुरमा पुनः देखिएको हो । जसका कारण यस क्षेत्रका चार सय ४१ सेवाग्राहीहरु प्रभावित भएका छन् । लाईन गएसंगै फोन बन्द हुने समस्याले विशेष गरी रामपुर क्षेत्रका २ वटा रेडियो […]

खर्च करोडौं : उपलब्धी शून्य, दिसामुक्त अभियान घोषणामै सिमित

मुक्तिप्रसाद न्यौपाने पाल्पा, अधिकांश घरधुरीमा शौचालय नै निर्माण नभएको अवस्थामा जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गर्ने तयारी थालिएको छ । आज (शनिबार) जिल्लालाई ४८ औं खुला दिशामुक्त जिल्लाको रुपमा संघीय मामिला तथा समान्य प्रशासन मन्त्री लालबाबु पण्डितले घोषणा गर्दैछन् । गाउँपालिका तथा नगरपालिकाका विपन्न समुदायका बासिन्दासँग शौचालय नै छैनन् । खानेपानीको समेत चरम अभाव खेपिरहेका रैनादेवी छहरा गाउँपालिकाको भुवनपोखरी, निस्दीको […]

‘कार्यस्थलमा नजाने कर्मचारीहरुलाई कारवाही’

कृष्ण पोखरेल पाल्पा, संघीय मामिला तथा समान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरकारले खटाएको काममा नजाने कर्मचारीहरुलाई कारवाही गर्ने बताए । जागिर सरकारी खाने तर काम नगर्ने, राजनीति गर्ने, नेतागिरी गर्ने चाकडी गर्ने कर्मचारीहरु देशको लागि आवश्यक नभएको मन्त्री पण्डितले बताए । संघीय संरचनामा कामलाई चुस्त बनाउन असारभित्र सबै स्थानीय निकाय, प्रदेशहरुमा आवश्यक कर्मचारी खटन पटनमा लागेको […]

रुफटपबाट मनोरम दृश्य हेर्दै आनन्द लिनेहरुकोलागि ‘अन्नपूर्ण गार्डेन’

पाल्पा,सुन्दर नगर तानसेनको रुफटपबाट मनोरम दृश्य हेर्दै बसाईको आनन्द लिन रुचाउनेहरुका लागि एउटा व्राण्ड नै बनेको छ तानसेनको अन्नपूर्ण गार्डेन होटल । होटलले विगत १५ महिना अगाडि तानसेनको भगवती टोलबाट आफ्नो सेवाहरु शुरु गरेको हो । लामो समयदेखि दुवइमा होटल व्यवसायको अनुभव संगालेका पाल्पाली युवा व्यवसायी लक्ष्मण बस्यालले तीन करोड लगानीमा आफ्नै निजी जग्गामा सेवा सञ्चालन […]