कांग्रेसले पूर्ण बहुमत ल्याउँछ : प्रधानमन्त्री देउवा

धनगढी, मंसिर १५ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले पूर्ण बहुमत ल्याउने बताएका छन् । नेपाल प्रेस युनियन कैलालीले शुक्रबार धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा संक्षिप्त कुरा गर्दै प्रधानमन्त्री देउवाले कांग्रेसको बहुमत आउनेमा कुनै शंका नगर्न आग्रह गरे । उनले भने, ’निर्वाचनले देशभर उत्साह थपिएको छ, हाम्रो बहुमत […]

जता उम्मेद्वार उतै राजधानी

दाङ मंसिर १५, प्रदेश नम्बर ५ को मुख्यमन्त्रीका लागि प्रचारित एमाले नेता शंकर पोखरेल बुधबार दाङ क्षेत्र नं. २ को घोराही उपमहानगरपालिकाको सुनपुरमा आयोजित चुनावी सभामा बोल्दै थिए । सभामा उपस्थित भएका स्थानीयलाई उनले आफ्नो मुख्य एजेण्डाबारेमा पटक पटक आस्वस्त पार्दै थिए । उनको त्यो महत्वपूर्ण चुनावी एजेण्डा थियो दाङलाई प्रदेश नम्बर ५ को राजधानी […]

‘प्रत्यक्षतर्फको नतिजा एक साताभित्रै ‘

काठमाडौं: निर्वाचन आयोगले दुवै चरणमा हुने प्रतिनिधिसभाको प्रत्यक्षतर्फको परिणाम एक साताभित्रै सार्वजनिक गर्ने जनाएको छ । आयोग प्रवक्ता नवराज ढकालले प्रत्यक्षतर्फको परिणाम साताभित्रै सार्वजनिक गर्न आवश्यक गृहकार्य थालिएको जानकारी दिए । ‘त्यसका लागि जनशक्तिको व्यवस्था गरिसकेका छौं’, ढकालले भने । यसैगरी, प्रदेशसभाको प्रत्यक्षतर्फको परिणाम पनि साताभित्रै ल्याउने आयोगको तयारी छ । स्थानीय निर्वाचनमा मतपरिणाम आउन […]

चुनावी हिंसा बढ्यो : म्यादी प्रहरीको ज्यान गयो, उम्मेदवार गम्भीर घाइते

काठमाडौं – दोस्रो चरणको मतदानका लागि एक साता बाँकी रहँदा निर्वाचनविरोधीले आपराधिक गतिविधि बढाउँदा सुरक्षामा खटिएका म्यादी प्रहरी विनोद चौधरीको ज्यान गयो । बुधबार शक्तिशाली एम्बुसमा पर्दा उदयपुर क्षेत्र नम्बर २ का कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायणबहादुर कार्की गम्भीर घाइते भए। दुई दिनमा भएको विस्फोटमा परेर १५ जना घाइते भएका छन् । चुस्त सुरक्षा व्यवस्था […]

आयल निगमको जग्गा खरिद प्रकरणःअख्तियार दुरुपयोग अनुसन्धान आयोगको विस्तृत अध्ययन

१३ मंसिर, काठमाडौं । नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत अध्ययन गरिरहेको छ । स्रोतका अनुसार जग्गा खरिदमा संलग्न ८० भन्दा बढीसँग अख्तियारले बयान लिइसकेको छ । निगमको जग्गा खरिदमा संलग्न जग्गाधनी, बिचौलिया, टेन्डरदाता तथा स्थानीय निकाय (हालको स्थानीय तह) का कर्मचारी लगायतसँग वयान चलिरहेको स्रोतले बताएको छ । हालसम्म […]