यशोदा फुड्सले गर्यो दृष्टिविहीनलाई न्यानो कम्वल तथा खाद्यान्न सहयोग

पाल्पा(दमकडा), पुस २÷/ यशोदा फुड्स प्रालि रुपन्देहीले पाल्पाको दमकडामा रहेको दृटिविहिन शाखालाई न्यानो कम्वल तथा खाद्यान्न सहयोग गरेको छ । सोमबार भएको सहयोग हस्तान्तरण कार्यक्रममा शारदा मावि दमकडाका प्रअ मोहन सापकोटाले दृष्टि विहीन शाखालाई दाताहरुको अभाव नभएको भन्दै, यशोदा फ्ड्स रुपन्देहीले गरेको सामाजिक सेवा अन्र्तगतको कार्यले विद्यालयलाई महत्वपूर्ण सहयोग भएको बताए ।कम्पनीको तर्फबाट ३० थान […]

पाल्पा रारा वचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुन भट्टराई

‘सहकारी अभियानमा नगर सरकार सहयोगी बन्ने’ तानसेन,मंसिर २९/ पाल्पारारा वचत तथा ऋण सहकारी संस्था लिको अध्यक्षमा पुन जगदीश भट्राई चयन भएका छन् । शनिबार तानसेनमा भएको सहकारीको १८ औं वार्षिक साधारणसभा तथा छैठो अधिवेशनले भट्राईलाई अध्यक्षमा चयन गरेको हो । उपाध्यक्षमा संजय प्रधान, सचिवमा अरुणकुमार श्रेष्ठ, सदस्यहरुमा हीराशाह, भीमसेन कार्की, उमाकान्त पाण्डे, पदम बस्याल, अजयकर्माचार्य […]

आन्तरिक प्रतिभा प्रस्फुटनका लागि तानसेनमा बालकविता प्रतियोगिता

पाल्पा, मंसिर २९/ पाल्पा साहित्य समाजको आयोजना र पाल्पा प्यारागन बोडिङ्ग स्कुलको आतित्थ्यमा तानसेनमा बालकविता प्रतियोगिता भएको छ । प्रतियोगितामा तानसेन नगरपालिका र माथागढी गाउँपालिकाका भित्रका विद्यालयको सहभागिता रहेको थियो । विभिन्न विद्यालयका २५ जना बालवालिकाको सहभागिता रहेको प्रतियोगितामा प्रथम छात्रा तर्फ माउण्ट भ्याली माथागढी सराईकी सुमिना कुवँर, छात्र तर्फ रिभर भ्याली स्कूल दमकडाका वैभब […]

पाल्पाको रैनादेवीमा डोजरले पल्टाएको ढुङ्गाले लाग्दा बालकको मृत्यु

पाल्पा, मंसिर २९/ जिल्लाको रैनादेवी छहरा गाउँपालिका ४ आँपपाटा स्थित धजा बान्ने स्थानमा डोजरले पल्टाएको ढुङ्गाले लागेर एक बालकको मृत्यु भएको छ । शनिरबार दिउँसो सडकमा हिडिरहेका रैनादेवी गाउँपालिका २ सोमादीका ७ वर्षीय रोजित रास्कोटीको बा २ क ७४७३ नम्वरको डोजरले सडक खन्ने क्रमा पल्टाएको ढुंङ्गाले लागेर मृत्यु भएको हो । छहरा ,अमलावास हुँदै तान्सिङ्गल […]

तीन देशका काउन्सील अध्यक्षहरुलाई तानसेनमा स्वागत

पाल्पा, मंसिर/ तीन देशका प्रेस काउन्सिलका अध्यक्षहरुलाई तानसेनमा स्वागत गरिएको छ । नेपाल प्रेस काउन्सील, प्रेस काउन्सील श्रीलङ्का र प्रेस काउन्सील म्यानमारका अध्यक्षहरुलाई स्वागत गरिएको हो । तानसेन नगर सरकार र पत्रकार महासंघ पाल्पाले नेपाल प्रेस काउन्सीलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, म्यानमारका अध्यक्ष ओनच्याईङ र श्रीलङ्कका अध्यक्ष कोकागल्ला वन्दुला वयललालालाई तानसेनमा एक कार्यक्रमका बीच स्वागत […]