आज नेपाल र नेदरल्यान्ड्स भिड्दै

काठमाडौं, अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा पहिलो पटक एक दिवसीय मान्यता पाएको नेपालले सातौं स्थानका लागि आज नेदरल्यान्ड्सको सामना गर्दैछ । जिम्बाब्वेमा जारी आइसिसी विश्वकप छनोट प्रतियोगिताअन्तर्गत सातौं स्थानको लागि हुने प्लेअफ खेलमा नेपाल र नेदरल्यान्ड्स भिड्दैछन् । बिहीबार भएको प्लेअफ खेलमा नेपालले पपुवान्यूगिनीलाई ६ विकेटले पराजित गर्नुका साथै नेदरल्यान्ड्सले हङकङलाई ४४ रनले पराजित गरेपछि नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय […]

फोक्सिङ्गमा बाटो उद्घाटन

गुल्मी, कालीगण्डकी गाउँपालिका वडा पाँच फोक्सिङ्गको वडा कार्यालय हुँदै चैया चाल्से जाने मोटरबाटोको एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापा मगर, उपाध्यक्ष तारा थापा, वडा अध्यक्ष थम्वलसिंह आलेले संयुक्त रुपमा उद्घाटन गरे । ८ लाख १० हजारको लागतमा सम्पन्न भएको २ किलोमीटर लामो मोटरबाटोमा जीप चल्न थालेपछि चैया, चाल्से, लम्कराका जनतालाई यातायातको सुविधा शुरु भएको छ ।

गुल्मीको सत्यवतीमा निःशुल्क सर्जिकल स्वास्थ्य शिविर

गुल्मी, लायन्स क्लव अफ गुल्मीको प्राविधिक सहयोग र सत्यवती गाउँपालिकाको सक्रियतामा प्राथमिक स्वास्थ केन्द्र खैरेनीमा दुई दिने निःशुल्क सर्जिकल स्वास्थ्य शिविर भएको छ । सो शिविरमा ७ सय ८४ जनाको निःशुल्क स्वास्थ्य परीक्षण भएको गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिए । अध्यक्ष ढकालका अनुसार निःशुल्क स्वास्थ्य शिविरले स्थानीय जनतालाई स्वास्थ्य सेवामा पहँुच भएको महशुस भएको बताए । स्वास्थ्य […]

shittalpati online news #nepal - #nepalinews #kathmandu - news news #newsnepal #palpa #tansen

एनजेडीको नजर : नो पार्किङमा पार्किङ

पाल्पा, नो पार्किङमा पार्किङ : यो दृश्य तानसेनको मुटुमा रहेको शित्तलपाटीस्थित गोलोघर अगाडिको पार्किङ निषेध भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयले स्ट्याण्ड वोर्ड राखेपनि त्यहाँ जथाभावी रुपमा गाडी पार्किङ गरिएको छ । ट्राफिक प्रहरी दिनहुँ त्यहि बाटो आवात–जावत गरे पनि पार्किङ हटाउनतर्फ भने चासो दिएको देखिदैंन । यस स्थानमा दिनहुँ जसो सरकारी कार्यालय र निजी गाडीहरु […]

रामपुरमा सिलाई कटाई तालिम

पाल्पा (रामपुर), सीप सिकाई महिलाहरुलाई स्वावलम्बी बनाउने उद्देश्यका साथ पाल्पाको रामपुरमा तीन महिने सिलाई कटाई तालिम शुरु भएको छ । तालिम घरेलु तथा साना उद्योग कार्यालय तानसेन पाल्पाको अयोजना, रामपुर नगरपालिका र रामपुर उद्योग वाणिज्य संघको समन्वय र कालीगण्डकी मल्टी टेक्निकल इन्स्टिच्युटको प्राविधिक सहयोगमा शुरु भएको हो । कालीगण्डकी मल्टी टेक्निकल इन्स्टिच्युटको तालिमहल मटेरीमा भएको तालिमको शुक्रबार […]