६० वर्षिय खनालका सिटअपमा १० किर्तिमान

कृष्ण पोखरेल
पाल्पा, पाल्पा रामपुर–५ का ६० वर्षिय रामचन्द्र खनालले सिटअप व्यायाममा १० वटा नयाँ किर्तिमान बनाएका छन् । नेपाली सेनाको दुई महिना बन्द प्रशिक्षण तालिममा सहभागी भएपछि उनले सिटअप व्यायममा नयाँ किर्तिमान कायम गर्न सफल भएका हुन् । २०६६ सालमा कृषि विकास बैंकबाट सेवा निवृत भएपछि विभिन्न रोगबाट थलिदै आएका थिए ।
खनालले २०७० सालमा सिटअप व्यायाम शुरु गरेपनि पछिल्लो पटक भएको प्रदर्शनीमा १० वटा रेकर्ड बनाउन सफल भएका हुन् । खनालले १ मिनेटमा ५८ पटक, २ मिनेटमा १ सय १५ पटक, ५ मिनेटमा २ सय ७८ पटक, १० मिनेटमा ५ सय ३५ पटक, १५ मिनेटमा ७ सय ७० पटक, २० मिनेटमा हजार पटक, ३० मिनेटमा १४ सय ३६ पटक, ६० मिनेटमा २६ सय २५ सिटअप गरी नयाँ किर्तिमान कायम गरेका छन् । ६० वर्षको उमेर खनालले बनाएको किर्तिमान विश्वमै पहिलो किर्तिमान हो । आफूले बनाएको सिटअप रेकर्डलाई राष्ट्रिय खेलकुद परिषद्ले गिनीन बुक अफ द रेकर्डको लागि सिफारिस गरेको खनालले बताए । उच्च रक्तचाप, सुगर लगायतका रोगहरुबाट पीडित भएपछि चिकित्सकको सल्लाह अनुसार सिटअप व्यायाम गरी रोगलाई नियन्त्रण गर्न सफल भएको खनालले बताए । जिल्ला खेलकुद विकास समिति पाल्पाले खनालको हौसल्ला बढाउनको लागि एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ । खनाललाई स्थानीय विकास अधिकारी रामप्रसाद पाण्डे, खेलकुद विकास समितिका अध्यक्ष करुणा काफ्ले लगायतले प्रमाणपत्र र दोषल्ला ओढाएर सम्मान गरेका थिए ।

  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *