५५ प्रतिशत जनता बैंकको पहुँच भन्दा बाहिर : गभर्नर

कृष्ण पोखरेल
तानसेन, पुस १४/नेपाल राष्ट्र बैंकका गर्भनर डा.चिरञ्जिवी नेपालले कुल जनसंख्याको ५५ प्रतिशत जनता अझै पनि बैंकको पहुँज भन्दा बाहिर रहेको बताए ।
शनिबार पाल्पाको अर्गलीमा नेपाल क्रेडिड एण्ड कमर्स बैंक लिमेटडको १ सय २३ औं शाखाको उद्घाटन गर्दै गर्भनर नेपालले जनतामा बैंक तथा वित्तिय ज्ञाान नभएका कारण असुरक्षित रुपमा घर–घरमा पैसा रहेको बताएका हुन् ।

उनले बैंकको उपयोग गर्न नजान्दा युवाहरु स्वदेशमा काम नगरी विदेशमा श्रम गर्न बाध्य भएको बताए । जनतालाई आर्थिक रुपमा सक्षम र बलियो बनाउन बंैकको महत्वपूर्ण हात रहेको बताउँदै गर्भनर नेपालले बैक भनेको विकासको बाटो भएकाले बैंक पुगेको स्थानमा केही न केही रुपमा विकासका हुने बताए । उनले अहिलेसम्म ७ सय ५३ स्थानीय तह मध्ये ६ सय ८६ स्थानमा राष्ट्रियस्तरका बैंकको पहुँच पुगेको र अन्य स्थानमा पूर्वाधार सुरक्षाको कारण बैंकहरु जान नसकेको बताएका छन् । अन्य स्थानमा पूर्वाधार निर्माण र सुरक्षाको व्यवस्था गरी चाडै नै बैंक सञ्चालनको लागि तयारी भईरहेको गर्भनर नेपालले स्पष्ट पारे । गर्भनर नेपालले पहाडी जिल्ला कृषिका लागि उर्वर भूमी भएकाले कृषकहरुले बैंक तथा वित्तिय संस्थालाई उपयोग गरी आर्थिक रुपमा बलियो बन्न कृषकहरुलाई आग्रह गरे ।

नेपालमा बैंक तथा वित्तिय संस्थालाई जनताले उपयोग गर्न नजान्दा व्यापार घाटा बढेको बताउँदै गर्भनर नेपालले यस वर्ष ४ सय ८३ अर्बको खाद्यान्न तथा फलफूल बाहिरी देशबाट आयत भएको बताए । नेपालको बढ्दो व्यापार घाटा कम गर्न, कृषकहरुले व्यवसायिक कृषि प्रणालीका लागि बंैक तथा वित्तिय संस्थासंग सहकार्य गरेर जानुपर्नेमा गर्भनर नेपालले जोड दिए । कृषकहरुले बैंकसंग सहकार्य तथा समन्वय गरेर कृषि र पशुपालन व्यवसायिक रुपमा अगाडि बढाएमा मुलुक समुन्नतर्फ लम्किने बताउँदै गर्भनर नेपालले कृषिजन्य उत्पादनमा आत्मनिर्भर मात्र नभई निर्यात गर्न सक्ने प्रशस्त सम्भावना रहेकाले त्यसतर्फ लगानी गर्न बंैक तथा वित्तिय संस्थालाई आग्रह गरे । कार्यक्रममा बैंकका कार्यकारी निर्देशक रमेशराज अर्यालले वित्तिय श्रोत र साधनलाई सहि ठाउँमा परिचालन गरे आर्थिक समुन्नत हुने बताए । उनले बैंकको १ सय २२ वटा स्थानमा शाखा सञ्चालन गरी जनताको सेवा गर्दै आएको बताए ।
कार्यक्रममा तानसेन नगरपालिका वडा १४ का वडा अध्यक्ष कमल राना, रुरु संस्कृत विद्यापिठका प्रमुख लिलामणी शर्मा खनाल, पाल्पा उद्योग वाणिज्य संघका सदस्य विष्णु न्यौपाने, बंैकका अध्यक्ष उपेन्द्र केशरी न्यौपाने लगायतले कृषि उद्यमशिलताको विकास नभएसम्म सम्वृद्धिले सफलता प्राप्त गर्न नसक्ने धारणा व्यक्त गरे ।

  • 21
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    21
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *