५० प्रतिशत अनुदानमा कृषकका घर–घरमा मल

रमेश विश्वकर्मा
गुल्मी, वैशाख ११/कृषकहरुको मागको आधारमा ५० प्रतिशत अनुदानमा कृषकको घर–घरमै मल पुगेको छ । प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई, आलुजोन बडिगाड बाग्लुङले यसै आर्थिक वर्षमा विनियोजित बजेट कार्यान्वयनको क्रममा कृषकहरुको मागको आधारमा ५० प्रतिशत अनुदानमा कृषकको घर–घरमै मल पु¥याएको बरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख कृष्णप्रसाद पौडेलले बताए ।

उक्त आलुजोन कार्यान्वयन परियोजना इकाई बाग्लुङले गुल्मी जिल्लाका २ स्थानीय तह मालिका गाउँपालिकाका १, ५ वडा, मदाने गाउँपालिकाका १, २ र ५ र बाग्लुङ जिल्लाका ६ स्थानीय तह बडिगाड गाउँपालिकाका १, ३, ५, ६, ७, ८ र १० तमान खोला र तारा गाउँपालिकाका सबै वडा, निसिखोला गाउँपालिका ५ र ६ ढोरपाटन नगरपालिकाका ३ देखि ९ र गल्कोट नगरपालिकाको वाड १० गरी जमा ८ ओटा स्थानीय तहका कृषि समूह, निजी उद्यम तथा सहकारी गरी पहिलो वर्षमा १ सय ३४ समूह सुचिकृत भएका बरिष्ठ कृषि अधिकृत पौडेलले बताएका छन् । चालु बजेट अन्तर्गत विनियोजित रकमबाट कृषकहरुको मागको आधारमा आर्गानिक उत्पादनलाई प्रोत्साहन गर्नको लागि ४३ क्वीन्टल प्राङ्गारिक मल वितरण गरिएको कृषि अधिकृत विस्वास काफ्लेले भने । कृषकहरुको घर–घरसम्म मल ढुवानीको व्यवस्था कार्यालय आफैले गरेको समेत अधिकृत काफ्लेले बताए । यसै आर्थिक वर्ष कार्यालय मार्फत सञ्चालित साना सिचाइ आयोजना, आलु तथा बीउ संकलन गोदाम र प्याकेजको लागि पोस्ट हार्वास्ट र रेस्टिक स्टोर निर्माणको कार्यलाई समेत तिब्रता दिएको बताइएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *