हिले बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारणसभा

गुल्मी, मंसिर २३/कालीगण्डकी गाउँपालिका वडा १ हर्मिचौरमा रहेको हिले बचत तथा ऋण सहकारी संस्था लिको ११ आंै वार्षिक साधारणसभा शनिबार भएको छ । संस्थाका अध्यक्ष चेतनारायण पाण्डेको सभापितत्वमा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष वेद थापा मगर, वडा अध्यक्षहरु थानेश्वर पाण्डे, थम्वनसि आले, बचत सघ पाल्पाका उपाध्यक्ष जगदीश भट्टराई, भृकुटी महिला सहकारी संस्थाकी अध्यक्ष लक्ष्मी पाण्डे, हर्मिचौर माविका प्रअ तिलाचन पाण्डे, स्थानीय वासिन्दा परशुराम पाण्डे, दुर्गाप्रसाद पाण्डेले शुभकामना व्यक्त गरेका थिए । संस्थाका व्यवस्थापक गोपाल पाण्डेको स्वागत मन्तव्य रहेको कार्यक्रममा सचिव डिल्लीराम पाण्डेले कार्यक्रम सञ्चालन गरेका थिए ।

  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *